प्राइम सहकारी ठगीमा थप ३ जना प्रतिवादी पक्राउ

आदर्श समाज सम्वाददाता
असार ७, २०८१
prime 3 persons

पोखरा। प्राइम बहुउद्देश्यीय सहकारी संस्था लि.को बचत तथा सम्पत्ति हिनामिना गरी ठगी गरेको कसूरमा थप ३ जना प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्वत मोदी १ स्थायी घर भई हाल पोखरा १८ बस्ने वर्ष ५५ की धनकुमारी गुरुङ, सोही ठाउँ घर भइ हाल पोखरा ८ बस्ने वर्ष ४७ की सीताकुमारी गुरुङ र पोखरा ३, तेर्सापट्टी बस्ने वर्ष ४७ का जीवन सार्की हुन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरी उक्त कसूरबमोजिम सजायको लागि कास्की जिल्ला अदालतसमक्ष पेश गरेको जनाएको छ ।

पोखराको गैह्रापाटनमा प्रधानकार्यालय रहेको सो सहकारी ठगी प्रकरणमा ६५ जना प्रतिवादी बनाइएको छ । सो मुद्दामा ८ देखि १० वर्षसम्म कैद सजाय तथा १ अर्ब ५७ करोड १५ लाख ८ हजार १ सय २४ रुपैयाँ बिगो रकम माग दाबीसहित अदालतमा मुद्दा विचाराधीन छ ।

जिल्ला अदालतले बिहीबारमात्र ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने तथा २ जना धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

न्यायाधीश रामचन्द्र शर्माको इजलासले मुख्य योजनाकार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापा, सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र उत्तम मगरलाई पनि थुना पठाउने आदेश दिएको हो ।

सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङलाई ३५ लाख र सहकारी बैंकका पूर्व कर्मचारी सन्तोष घिमिरेलाई १ लाख धरौटीमा रिहा गर्ने अदालतले आदेश दिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग