संक्रामक अस्पतालमा फोहोर बिसर्जन मसिन

आदर्श समाज सम्वाददाता
असार ६, २०८१
sankrakmak

लेखनाथ । पोखरा ३० स्थित संक्रामक तथा सरुवा रोग अस्पतालमा फोहोर बिर्सजन मसिन जडान गरिएको छ । हस्पिटलको फोहोरजन्य वस्तु उचित रुपमा बिर्सजन नहुँदा सम्भावित जोखिम न्यूनीकरण गर्न नेपाल सरकारको करिब १ करोड ३७ लाख लागतमा गण्डकी प्रदेशमै पहिलो पटक सो अस्पतालमा यस्तो मसिन जडान गरिएको हो ।

हस्पिटलबाट निस्किने सबैखालको फोहोर मसिनमा राखेर रोगका किटाणुलाई पूर्ण रुपमा निर्मलीकरण गरेर कम तौल र सानो साइजमा निकाल्ने सक्ने क्षमता मसिनको रहेको छ । यसलाई खेतबारी बाहेक अन्य ठाउँमा पुन मलकै रुपमा प्रयोग गर्न मिल्छ ।

करिब १ करोड ३७ लाख लागतमा गण्डकी प्रदेशमै पहिलो पटक मसिन जडान

यसैबीच, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले मसिनको शुभारम्भ गरेका छन् । उनले स्वास्थ्यको पहुँच सबै जनताले पाउनु पर्छ भन्ने मान्यताले संघीय सरकारदेखि प्रदेश सरकारमा आफूले जोडदारका साथ माग राखेको बताए । रकम अभावमा कुनै पनि जनताले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने मान्यताले सो हस्पिटलबाट स्वास्थ्य बिमाको सुविधा, डाइलसिस सेवा र आगामी दिनमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा फुलफेज्डको हस्पिटल सञ्चालन गर्ने सोचका साथ प्रदेश सरकार अघि बढेको बताए ।

सो अवसरमा स्वास्थ्य मन्त्रालयका सचिव बिनोदबिन्दु थापाले स्वास्थ्य क्षेत्रमा राज्यको ठूलो लगानी रहेकाले यसको सदुपयोग गरी प्रदेशकै नमुना हस्पिटल बनाउन सबैको साथ र सहयोग आवश्यक पर्ने बताए ।

अस्पतालका कार्यकारी निर्देशक विकास गौचनले मुठ्ठीदेखि सर्वस्वदाताको दानबाट निर्माण भएको अस्पतालले छोटो समयमा ५० बेडको हस्पिटल तयार पारी २४ सै घण्टा सेवा दिँदै आएको र आगामी दिनमा विशेषगरी मुटुरोगीलाई केन्द्रित डायससिस सेवा प्रभावकारी बनाउने बताए ।

अस्पताल अध्यक्ष ऋषिराम जमरकट्टेलले अस्पतालाई कसरी आर्थिक मजबुत र सेवा प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे नीतिगत तहमा नै कुरा उठान गरेको आश्वासन दिए ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • अन्नपूर्णमा सुत्केरी प्रोत्साहन

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । काकीको अन्नपूर्ण गाउँपालिका १ मा सुत्केरी प्रोत्साहन कार्यक्रम लागु गरिएको छ । वडाध्यक्ष कोषबाट लागु उक्त कार्यक्रमअन्तर्गत बच्चा…

hero news full width

trending post

ट्रेन्डिङ्ग