सशस्त्र प्रहरी बल स्याङ्जा उकृष्ट

आदर्श समाज सम्वाददाता
असार ६, २०८१
Gulma

स्याङ्जा ६ असार । सशस्त्र प्रहरी बल गुल्म नं. ३० प्रदेशकै उत्कृष्ट भएको छ । वालिङ नगरपालिका–८, घ्याङलीङ्मा मुख्य कार्यालय रहेको गुल्म गण्डकी प्रदेशकै उत्कृष्ट भएको हो ।

सशस्त्र प्रहरी बल–४ मुक्तिनाथ बाहिनी मुख्यालयको २३ औं स्थापना दिवस अवसरमा गुल्मको कार्यसम्पादन आधारमा उत्कृष्ट घोषणा गर्दै प्रशंसापत्र प्रदान गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय निरीक्षण इकाइको योग्यता क्रम निर्धारण सम्बन्धी निरीक्षणबाट सो गुल्म उत्कृष्ट भएको गुल्मपति देवराज जोशीले बताए ।

उक्त गुल्म कार्यसम्पादनमा ७३.६० प्रतिशतसहित प्रदेशकै उत्कृष्ट र देशभरमा चौथो भएको हो । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रहरी नायब उपरीक्षक जोशीलाई उत्कृष्टको प्रशंसापत्र प्रदान गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग