पोखरा आदर्शमा एकल नृत्यको अडिसन राउन्ड पूरा

आदर्श समाज सम्वाददाता
असार ६, २०८१
pokhara adarsha

पोखरा । नृत्य निर्देशक संघ नेपाल, गण्डकी प्रदेशको आयोजनामा सञ्चालन हुने खुला एकल नृत्य प्रतियोगिताको अडिसन राउन्ड पोखरा आदर्श सेकेन्डरी स्कुलमा पनि बुधबार सम्पन्न भयो ।

नृत्य निर्देशक संघ, गण्डकी प्रदेश अध्यक्ष राधाकृष्ण पौडेल, सचिव अनिशकुमार भुज र कार्यक्रम संयोजक श्रीलकबहादुर पुन निर्णायक समिति रहेको उक्त अडिसन राउन्डको प्रतियोगितामा पोखरा आदर्श सेकेन्डरी स्कुलबाट संस्कृति सुवेदी, सिर्जना पुनमगर, कुसुम राना मगर, अपि अधिकारी, रिस्ता गुरुङ, विमल घर्तीमगर, र एलिना अदै मगरले सहभागिता जनाए । जसअन्तर्गत संस्कृति सुवेदी अन्तिम चरणमा र कुसुम राना मगर तथा एलिना अदै मगर सेमी फाइनलमा प्रवेश गरेको विद्यालयका सहप्रधानाध्यापक ज्ञानेश्वर सुवेदीले बताए । यस नृत्य प्रतियोगितामा नेपालभरबाटै प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमश २० हजार, १५ हजार, १० हजार र ५ हजारका साथमा मेडल र प्रमाणपत्र वितरण गरिने नृत्य निर्देशक संघ गण्डकीका अध्यक्ष राधाकृष्ण पौडेलले जानकारी दिए दिए ।

Related News

सम्बन्धित समाचार

  • वामपन्थी ज्येष्ठ नागरिक भेला हुँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरामा ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम’ हुने भएको छ । पहिलोपल्ट आयोजित उक्त कार्यक्रम यही ९–१० कात्तिकमा हुने…
  • पोखरामा रगत अभाव

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । चाडपर्वको समय र बढ्दो डेंगुका कारण पोखरामा रगत अभाव भएको छ । रक्त संचार केन्द्र आह्वानमा पोखरामा रगतको…
  • पाेखरामा रास्वपाको मंगलबार पनि विरोध प्रदर्शन (फोटो फिचर)

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । रास्वपाले पोखरामा मंगलबार पनि विरोध प्रदर्शन जारी राखेको छ । पार्टी अध्यक्ष एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि…
  • युनिलिभरको ५० लाख सहयोग

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी) कम्पनीहरूमध्ये एक युनिलिभर कम्पनीले बाढीपहिरो पीडितलाई सहयोग गरेको छ ।…
  • पोखरामा रास्वपाको निरन्तर विरोध प्रदर्शन

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा विरोध प्रदर्शन गरेको…

hero news full width

trending post

ट्रेन्डिङ्ग