फेवा एमआरआईबाट ‘थ्री टी एमआरआई’ सेवा

आदर्श समाज सम्वाददाता
असार ६, २०८१
mri

पोखरा । पोखरामा फेवा एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरले ‘थ्री टी एमआरआई’ उपकरणबाट सेवा दिन सुरु गरेको छ । फेवा एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरले पोखरा ८ मा ‘थ्री टी एमआरआई’ मसिन सञ्चालनमा ल्याएको हो ।

थ्रीटी एमआरआई उच्च प्रविधिमा आधारित रहेको र रोगको अवस्था पहिचान गर्न सजिलो हुने सेन्टरका अध्यक्ष डा. मदन थापाले जानकारी दिए । उनका अनुसार अहिले उपलब्ध इमेजिङ प्रविधिमध्ये यो एमआरआई मसिन सबैभन्दा शक्तिशाली हो ।

शरीरको आन्तरिक भागको तस्बिर हेर्न एमआरआई गर्ने प्रयोग गर्ने गरिन्छ । यसका लागि एमआरआईमा चुम्बक र रेडियो वेब राखिन्छ ।

थ्रीटी एमआरआईले थ्री टेस्ला म्याग्नेटिक फिल्ड उत्पन्न गर्ने शक्तिशाली चुम्बक प्रयोग गर्छ । जुन लोर फिल्ड अथवा ओपन एमआरआई स्क्यानरहरूमा भएको चुम्बकभन्दा १५ गुणा शक्तिशाली हो ।

त्यस्तै सामान्य एमआरआई परीक्षणको तुलनामा यस एमआरआईले १०० गुणा चाँडो गर्नसक्ने उनले बताए । हाल नेपालमा काठमाडौंमा मात्रै रहेको यो सेवा पोखराबाट पनि सुरु भएको उनले बताए ।

करिब २५ करोडको लगानीमा सेन्टर सञ्चालनमा ल्याइएको हो । अहिले एमआरआईसँग भिडियो एक्सरे र एक्सरे सेवा पनि सञ्चालनमा आएको उनको भनाइ छ । सेन्टरमा १५ जनाले रोजगार पाएका छन् ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • अन्नपूर्णमा सुत्केरी प्रोत्साहन

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । काकीको अन्नपूर्ण गाउँपालिका १ मा सुत्केरी प्रोत्साहन कार्यक्रम लागु गरिएको छ । वडाध्यक्ष कोषबाट लागु उक्त कार्यक्रमअन्तर्गत बच्चा…

hero news full width

trending post

ट्रेन्डिङ्ग