‘शास्त्रीय मर्यादा कायम राखौं’

आदर्श समाज सम्वाददाता
असार ६, २०८१
jotis parisad progrem photo
पोखरा । शास्त्रीय मर्यादा कायम राख्नुपर्नेमा जोड दिइएको छ । नेपाल ज्योतिष परिषद् कास्कीले बुधबार पोखरामा आयोजना गरेको पूर्वीय वाङ्मय शास्त्रार्थ परिचर्चा कार्यक्रमको पहिलो शृंखलाका वक्ताले उक्त कुरामा जोड दिएका हुन् ।
शृंखला उद्घाटन गर्दै केदारेश्वर महादेवमणि धामका पीठाधीश चिद्धन चैतन्यले मानिसले शास्त्रीय मर्यादाको ख्याल गर्नुपर्ने भन्दै त्यसले नै जीवनलाई सार्थक तुल्याउने औंल्याए । उनले धर्मको तत्व रहस्यमय रहेको उल्लेख गर्दै त्यसको प्रयोजन मोक्ष प्राप्ति भएको धारणा राखे ।
ज्योतिष तथा कर्मकाण्ड पेसा गर्ने व्यक्तिलाई धेरै किसिमका आक्षेप लाग्ने गरेको जनाउँदै पीठाधीश चैतन्यले उक्त पेसालाई पुजित बनाउन प्रयास गर्नुपर्ने उल्लेख गरे ।
नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक डा. भोलानारायण रेग्मीले सेवा नै परम् धर्म भएको उल्लेख गर्दै मिलेर कर्म गरे धर्म प्राप्ति हुँदै जाने धारणा राखे । उनले भौतिकवाद तथा आध्यात्मवादलाई मिलाउन सके जीवन आनन्दित हुने स्पष्ट पार्दै धर्मलाई सैद्धान्तिक रुपमा मात्र नलिई व्यावहारिक रुपमा पनि हेरिनुपर्ने जनाए ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक दिननाथ पण्डितले धर्मका धेरै पक्ष वैज्ञानिक भएको धारणा राख्दै ज्योतिषशास्त्र र मानव जीवन अयोन्याश्रित रहेको स्पष्ट पारे । हिजोआज प्रकाशन हुने पात्रोहरू भद्रगोल हुँदै गइरहेकोतर्फ सचेत गराउँदै सहप्राध्यापक पण्डितले पात्रोबीच एकरुपता ल्याउनुपर्ने धारणा राखे ।
नेपाल ज्योतिष परिषद् कास्कीका अध्यक्ष रामजीप्रसाद आचार्यले परिषद्ले पूर्वीय वाङ्मय शास्त्रार्थ विषयमा मासिकरुपमा नियमित कार्यक्रम गर्ने निर्णय गरेको जानकारी दिँदै त्यसलाई सफल बनाउन सरोकारवाला लाग्नुपर्ने बताए ।
त्यस अवसरमा बौद्धिक सनातन धर्म तथा फलित ज्योतिषका विषयमा परिचर्चा भयो । कार्यक्रममा कास्की जिल्लामा ज्योतिष पेसा गरिरहेकाहरूको सहभागिता रह्यो ।
नेपाल जोतिष परिषद् कास्कीका अध्यक्ष आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रम परिषद्का सचिव गौरव ढुंगानाले सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

  • वामपन्थी ज्येष्ठ नागरिक भेला हुँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरामा ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम’ हुने भएको छ । पहिलोपल्ट आयोजित उक्त कार्यक्रम यही ९–१० कात्तिकमा हुने…
  • पोखरामा रगत अभाव

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । चाडपर्वको समय र बढ्दो डेंगुका कारण पोखरामा रगत अभाव भएको छ । रक्त संचार केन्द्र आह्वानमा पोखरामा रगतको…
  • पाेखरामा रास्वपाको मंगलबार पनि विरोध प्रदर्शन (फोटो फिचर)

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । रास्वपाले पोखरामा मंगलबार पनि विरोध प्रदर्शन जारी राखेको छ । पार्टी अध्यक्ष एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि…
  • युनिलिभरको ५० लाख सहयोग

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी) कम्पनीहरूमध्ये एक युनिलिभर कम्पनीले बाढीपहिरो पीडितलाई सहयोग गरेको छ ।…
  • पोखरामा रास्वपाको निरन्तर विरोध प्रदर्शन

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा विरोध प्रदर्शन गरेको…

hero news full width

trending post

ट्रेन्डिङ्ग