पोखरा सुधारको माग

आदर्श समाज सम्वाददाता
असार ६, २०८१
cpn uml

पोखरा । नेकपा एमाले पोखरा महानगर समितिले पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई विभिन्न मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ । एमाले नेतृत्वले अघिल्लो कार्यकालमा सुरु गरेका कार्यक्रम कार्यान्वयनमा लैजानुपर्नेसहित पोखरा सुधारका विभिन्न मागसहित बुधबार मेयरलाई एमाले महानगर अध्यक्ष जीवनप्रसाद आचार्यले उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

महानगरमा टाइम कार्ड लागु गरी सेवाप्रवाह व्यवस्था मिलाउनुपर्ने, ३ पल्टभन्दा बढी लिखित गुनासो आउने कर्मचारीलाई निलम्बन गरी छानबिन गर्नुपर्ने, खनिज तथा नदीजन्य पदार्थ उत्खनन् व्यवस्थापनका लागि महानगर पूर्वाधार विकास निगमको व्यवस्थापन एवं लगानीमा सञ्चालन गर्न माग गरिएको छ ।

पोखराका तालमाथि अतिक्रमण रोक्न र पोखराको वातावरण संरक्षणका लागि वातावरण सेवाकर व्यवस्था गर्नुपर्ने ध्यानाकर्षणपत्र उल्लेख छ ।

अत्याधुनिक फोहोर प्रशोधन केन्द्र स्थापना गरी फोहोरमैला दिगो व्यवस्थापन, पोखरा महानगरवासीको डिजिटल प्रोफाइल, करारमा रहेका कर्मचारीको उचित व्यवस्थापनको लागि कर्मचारी निर्देशिका, सरुवा मापदण्ड, कर्मचारी व्यवस्थापन निर्देशिकालाई कडाइका साथ कार्यान्वयन गर्न माग गरिएको छ ।

पोखरा बसपार्क निर्माण गर्नुपर्ने, जडान भएर पनि सञ्चालन आउन नसकेका ट्राफिक लाइट सञ्चालन गर्न, पोखरालाई साइकल सिटीरुपमा विकास गर्न, पोखरा ३२ लामेआहालमा बन्ने भनिएको बसपार्क निर्माण अघि बढाउन माग गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • वामपन्थी ज्येष्ठ नागरिक भेला हुँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरामा ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम’ हुने भएको छ । पहिलोपल्ट आयोजित उक्त कार्यक्रम यही ९–१० कात्तिकमा हुने…
  • पोखरामा रगत अभाव

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । चाडपर्वको समय र बढ्दो डेंगुका कारण पोखरामा रगत अभाव भएको छ । रक्त संचार केन्द्र आह्वानमा पोखरामा रगतको…
  • पाेखरामा रास्वपाको मंगलबार पनि विरोध प्रदर्शन (फोटो फिचर)

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । रास्वपाले पोखरामा मंगलबार पनि विरोध प्रदर्शन जारी राखेको छ । पार्टी अध्यक्ष एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि…
  • युनिलिभरको ५० लाख सहयोग

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी) कम्पनीहरूमध्ये एक युनिलिभर कम्पनीले बाढीपहिरो पीडितलाई सहयोग गरेको छ ।…
  • पोखरामा रास्वपाको निरन्तर विरोध प्रदर्शन

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा विरोध प्रदर्शन गरेको…

hero news full width

trending post

ट्रेन्डिङ्ग