स्टेप बाइ स्टेप माविमा हाजिरीजवाफ

आदर्श समाज सम्वाददाता
असार ५, २०८१
steep by steep

पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखराले आफ्नो वार्षिक कार्यतालिका अनुसार कक्षा ८ देखि १० कक्षासम्मका विद्यार्थीबीच हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेको छ ।

प्रतियोगितामा सलिना भण्डारी, आयुष्मा कँडेल, निश्चल पौडेल र एलन भट्टराई रहेको ग्यालिलियो सदन प्रथम भएको छ । डिप्लव कुँवर, राशिका श्रेष्ठ, कुशल भुसाल र विल्सन न्यौपाने रहेको आइन्सटाइन सदन द्वितीय र रसिला कार्की, दृश्य देवकोटा, असिम गैरे र सन्दीप पौडेल रहेको मार्कोनी सदन तृतीय भएको छ ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले विद्यार्थीको चौतर्फी विकासका निम्ति विद्यालयले यस्ता विभिन्न क्रियाकलाप गर्दै आएको बताइन् ।

संस्थापक निर्देशक रमाकान्त बरालले आजका विद्यार्थी भोलिका राष्ट्र निर्माता भएकाले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई पछि लोकसेवा, शिक्षा सेवा, प्रहरी सेवालगायत विभिन्न क्षेत्रमा प्रवेश गर्न सहज हुने र उनीहरूको बौद्धिक प्रखरता वृद्धि हुने बताए ।

प्रतियोगितामा क्विज मास्टरका रुपमा अतिरिक्त क्रियाकलाप प्रमुख युवराज लामिछाने र अंग्रेजी विभाग प्रमुख रुपेश पौडेल रहेका थिए ।

Related News

सम्बन्धित समाचार

  • वामपन्थी ज्येष्ठ नागरिक भेला हुँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरामा ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम’ हुने भएको छ । पहिलोपल्ट आयोजित उक्त कार्यक्रम यही ९–१० कात्तिकमा हुने…
  • पोखरामा रगत अभाव

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । चाडपर्वको समय र बढ्दो डेंगुका कारण पोखरामा रगत अभाव भएको छ । रक्त संचार केन्द्र आह्वानमा पोखरामा रगतको…
  • पाेखरामा रास्वपाको मंगलबार पनि विरोध प्रदर्शन (फोटो फिचर)

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । रास्वपाले पोखरामा मंगलबार पनि विरोध प्रदर्शन जारी राखेको छ । पार्टी अध्यक्ष एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि…
  • युनिलिभरको ५० लाख सहयोग

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी) कम्पनीहरूमध्ये एक युनिलिभर कम्पनीले बाढीपहिरो पीडितलाई सहयोग गरेको छ ।…
  • पोखरामा रास्वपाको निरन्तर विरोध प्रदर्शन

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा विरोध प्रदर्शन गरेको…

hero news full width

trending post

ट्रेन्डिङ्ग