ओलम्पिक डे अवसरमा माउन्ट अन्नपूर्णमा विविध प्रतियोगिता

आदर्श समाज सम्वाददाता
असार ३, २०८१
mount annapurna

पोखरा । ओलम्पिक डे अवसरमा माउन्ट अन्नपूर्ण मावि, नदीपुरले विविध प्रतियोगिता गर्ने भएको छ । असार ८ र ९ मा बास्केटबल, वक्तृत्वकला र निबन्ध लेखन प्रतियोगिता हुने पत्रकार सम्मेलनमा प्रअ एवं कार्यक्रम संयोजक सइन्द्रकुमार श्रेष्ठ बताए ।

एसइई दिएर बसेका विद्यार्थी लक्षित गर्दै आयोजित बास्केटबल छात्रछात्रा गरी २ इभेन्टमा सञ्चालन हुनेछ । छात्रतर्फ पहिलोेले २०, दोस्रोले १० र तेस्रोले ५ हजार साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । छात्रातर्फ प्रथम, दोस्रो र तेस्रोले ९, ६ र ३ हजार रुपैयाँ पाउनेछन् । छात्रतर्फ २० र छात्रातर्फ १० टिमले भाग लिने आयोजकको अनुमान छ ।

‘रोल अफ ओलम्पिक गेम्स’ विषयक वक्तृत्वकला र ‘वर्तमान समयमा ओलम्पिक खेलको भूमिका’ विषयक निबन्ध लेखन ६ असारमा हुनेछ । दुवैतर्फ विजेताले ७, उपविजेताले ५, तेस्रोले ३ र सान्त्वनाले १ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग