नमुना बन्दै वडा २६, योजना छान्ने जिम्मा महिलालाई

आदर्श समाज सम्वाददाता
असार ३, २०८१
Ward No 26 Yojana Chhanut News

लेखनाथ । पोखरा महानगरपालिका वडा २६ ले आगामी आव २०८१/०८२ का योजना छनोट गर्ने जिम्मा महिलालाई दिएको छ । मातृशक्तिमा समन्यायिक बजेट विनियोजन र आवश्यकता पहिचान गर्ने क्षमता हुने भएकाले योजना छनोटको जिम्मा वडाका आमा तथा महिला समूहलाई दिइएको वडाध्यक्ष नरेन्द्र थापाले बताए ।

उनीहरुलाई १ करोडको बजेट सिलिङभित्र सबैलाई समेट्ने गरी योजना ल्याउन अध्यक्ष थापाले आग्रह गरे । बजेट निर्माणमा पुरुषले कुनै हस्तक्षेप नगर्ने उल्लेख गर्दै वडाध्यक्ष थापाले महिला जनप्रतिनिधि लक्ष्मीदेवी भट्टराई, सुजता बराल सुनार र महिला समूहतर्फबाट अम्रिता बराललाई समन्वय गर्ने जिम्मेवारी दिइएको बताए ।

वडाले सोमबार महिला तथा आमा समूह, युवा, बालबालिका एवं विभिन्न संघसंस्थाका प्रतिनिधि र दलका स्थानीय नेतृत्वलाई स्थलगत अध्ययन र चालु आवमा कामको प्रगतिबारे वडाभ्रमण गराएको थियो । भ्रमणपछि वडाध्यक्ष थापाले भौतिक पूर्वाधारतर्फ देखिने गरी विकास भएको उल्लेख गर्दै अब मानवीय संशाधन विकासमा जोड दिइने बताए ।

पूर्वन्यायाधीश बासुदेव न्यौपानेले जनतालाई विकास, समस्या र समाधानका लागि स्थलगत रुपमै भ्रमण गराएर वडाले नमुना कार्य गरेको बताए ।

कार्यक्रममा लेखनाथ खानेपानी उपभोक्ता संस्था अध्यक्ष मुरारी शर्मा, स्थानीय हरिप्रसाद अधिकारी, अमृता बराल, आदर्शमोहन भट्टराई लगायतले योजना छनोट विधि महानगरमै नमुना भएको बताए ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग