सृजना माविमा समर मेला

आदर्श समाज सम्वाददाता
असार ३, २०८१
srijana school news

पोखरा । सृजना सेकेन्डरी स्कुल, सृजनाचोकमा सृजना समर मेला सम्पन्न भएको छ ।

गत वर्ष एसइईमा सम्मिलित विद्यार्थीले शैक्षिक वृद्धि, व्यक्तित्व तथा नेतृत्व विकासका साथै सामाजिक सचेतना जगाउने उद्देश्यले २ दिनसम्म मेला आयोजना गरिएको थियो । संस्थापक प्राचार्य डोलराज पाण्डेले उद्घाटन गरेका मेलामा विभिन्न विधाका १४ स्टल थिए । मेलाका हस्पिटालिटी म्यानेजमेन्ट, साइवर अपराध तथा लागुपदार्थ दुव्र्यसनी, स्टक मार्केट, नेतृत्व सिप विकास तथा साइवर सेक्युरिटीजस्ता विभिन्न विषयमा विषयविज्ञद्वारा तालिम सञ्चालन गरिएको थियो । साथै विज्ञान, पुस्तकालय तथा आइटी सम्बन्धी प्रदर्शनी समेत राखिएको थियो ।

मेलामा कक्षा ११ होटल म्यानेज्मेन्ट समूहका विद्यार्थीको सक्रियातामा फुड फेस्ट सञ्चालन भएको थियो भने विज्ञान तथा व्यवस्थापन समूहका विद्यार्थीद्वारा विभिन्न मनोरञ्जनात्मक खेलहरू सञ्चालन भएका थिए । साथै गण्डकी प्रदेशस्तरीय टेबल टेनिस प्रतियोगिता सम्पन्न भयो ।

कास्की जिल्ला टेबल टेनिस संघ अध्यक्ष तथा गण्डकी प्रदेशका संयोजक उत्तम जोशीको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा छात्रातर्फ १५ र छात्रतर्फ ६० खेलाडी विद्यार्थीले भाग लिएका थिए । छात्रातर्फ सगरमाथा निकेतनकी सेजल बानियाँ प्रथम, ग्लोबल कलेजियटकी सुस्मी गुरुङ द्वितीय र सेन्ट मेरिजकी गौरी भुजेल तथा नोबेल सेकेण्डरी स्कुलकी सुदीक्षा पाण्डे तृतीय भए । छात्रतर्फ नेशनल इन्भेन्टिभका युनिस भुजेल, ग्लोबल कलेजियटका नितेश गुरुङ, पुष्पसदन एकेडेमीका अनमोल थापा तथा लिटिल स्टेपका गौरव शेरचन क्रमशः प्रथम, द्वितीय र तृतीय भए । समापनमा विजेतालाई पुरस्कार र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । उद्घाटन अवसरमा यसअघि भएको प्रदेशस्तरीय यू–१५ टेबलटेनिस छनोटमा गण्डकी प्रदेश प्रथम भई राष्ट्रियस्तरको खेलमा तृतीय हुने विद्यालयकी राजश्री अधिकारी र सक्रिया पोख्रेल एवं गण्डकी प्रदेश प्रथम तृषा गुरुङलाई सम्मान गरियो ।

सो अवसरमा रंगमञ्च र इन्टरभल व्यान्डको प्रस्तुति रह्यो । साथै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको विद्यालय निर्देशक सीता पाण्डेले बताइन् ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग