दोस्रो स्थापना दिवस मनाउँदै रास्वपा

आदर्श समाज सम्वाददाता
असार ३, २०८१
rsp news

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो स्थापना दिवस साताव्यापी कार्यक्रम गरी मनाउँदैछ ।

१ देखि ७ असारसम्म विविध कार्यक्रम साथ वार्षिकोत्सवरुपमा स्थापना दिवस मनाउन लागिएको गण्डकी प्रदेश प्रवक्ता विकास भूर्तेलले बताए । उनका अनुसार दिवस अवसरमा गण्डकीका जिल्लामा हालसालै निर्मित र निर्माणाधीन भौतिक पूर्वाधारका योजनाको अनुगमन, रक्तदान, वृक्षरोपण, सरसफाइ, शुभकामना आदानप्रदान, चियापान तथा अन्य विविध कार्यक्रम आयोजना गर्ने लागिएको छ ।

कास्कीले निर्माणाधीन मध्यपहाडी राजमार्गको गत १ असारमास्थलगत निरीक्षण गरिसकेको छ । ५ असारमा मानवअधिकार चोकमा रक्तदान, ६ गते पोखराका विभिन्न ठाउँमा सरसफाइ तथा वृक्षरोपण र ७ असारमा गण्डकी प्रदेश कार्यालय, पोखरामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागिएको कास्की जिल्ला संयोजक योगराज पौडेलले बताए ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग