हेमजामा हिले महोत्सव तयारी

आदर्श समाज सम्वाददाता
असार ३, २०८१
Hile mahotsab sarsafi

पोखरा । देवीस्थान सेवा समाज हेमजा आयोजनामा यस वर्ष हुने चांैथो हिले महोत्सवमा ७ हलगोरुको व्यवस्था गरिएको छ । ‘कृषिमा कृषकलाई प्रोत्साहनः विष्णुपादुका मन्दिर हेमजाको सान’ नाराका साथ स्थानीय देवीस्थान टोलमा १५ असारमा महोत्सव हुँदैछ ।

विद्यालयस्तरीय धान रोपाइँ प्रतियोगिता, आमा समूहबीच असारेभाका प्रतियोगिता, हलगोरु तथा जोडी दौड, हिलोमा भाले तथा माछा समाउने प्रतियोगिता लगायत हुनेछन् ।

महोत्सव तयारीस्वरुप महोत्सवस्थल वरपर शनिबार सरसफाइ गरियो । सरसफाइमा आयोजक देवीस्थान सेवा समाज, विष्णुपादुका टोल विकास संस्था, चापाघाट र देवीस्थान आमा समूह, चापाघाट टोल विकास संस्था लगायत स्थानीयवासीको सहभागिता रह्यो । सोही अवसरमा विष्णुपादुका धार्मिक क्षेत्र परिसर वरपर पनि सरसफाइ भयो ।

हरिशरण पौडेलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरी तयारीलाई तीव्रता दिइएको छ । चन्द्रा पोखरेलको संयोजकत्वमा अर्थ संकलन उपसमिति, प्रचारमा नीराजन अधिकारी, महोत्सव व्यवस्थापनमा विष्णुप्रसाद तिमिल्सिना, स्वागत सत्कारमा अञ्जिता तिमिल्सिना, कार्यक्रम सञ्चालनमा परशुराम अधिकारीलाई संयोजक जिम्मेवारी दिइएको छ ।

खाजा तथा खानेपानीमा मनु तिमिल्सिना, स्वयंसेवक तथा युवा परिचालनमा जीवन बास्तोला, सचिवालयमा विष्णु भण्डारी, मञ्च व्यवस्थापनमा खिमलाल तिमिल्सिना, यातायातमा सुवास कुँवर, मायाको चिनो तथा साउन्ड सिस्टममा विष्णु भण्डारी, सरसफाइमा चेतनारायण तिमिल्सिना, सांस्कृतिक कार्यक्रममा बुद्धदेवी कुँवर, खेल सञ्चालन निर्णायक उपसमिति संयोजक इन्द्रबहादुर कुँवर तथा महिला परिचालन उपसमिति संयोजकको जिम्मेवारी उमा भूर्तेललाई दिइएको छ ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग