सिडिओलाई स्वागत, एसपीलाई सम्मान

आदर्श समाज सम्वाददाता
असार ३, २०८१
CDo sp

पोखरा । होटल संघ पोखरा नेपालले कास्कीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे स्वागत तथा जिल्ला प्रहरी प्रमुख एसपी मोहनकुमार थापालाई सम्मान गरेको छ ।

शान्तिसुरक्षा कायम राख्दै विकृति नियन्त्रणमा उल्लेखनीय योगदान पु¥याएकोमा एसपी थापालाई सम्मान गरिएको हो । जिल्ला प्रहरीले पोखरा भित्रिने पर्यटकलाई गैरकानुनी रुपमा स्कर्टिङ गरी दुख र हैरानी दिने गिरोह निस्तेज पार्नुका साथै मोडीफाई बाइक नियन्त्रण लिई कारबाही हुनु प्रशंसनीय कार्य भएको संघ अध्यक्ष लक्ष्मण सुवेदीले स्मरण गराए ।

७ प्रदेशका ७७ वटै जिल्लामा होटल संघको सञ्जाल रहेको, प्रदेशस्तरमा समेत संघका समिति रहेको र लगानीका हिसाबले सबैभन्दा ठूलो पर्यटनको क्षेत्र होटल नैै रहेको सुवेदीले बताए । पोखरा र वरपरको होटल क्षेत्रमा मात्र ५ खर्ब रुपैयाँ लगानी रहेको तथ्यांक पनि उनले सुनाए ।

मोडिफाई गरिएका झण्डै ७ मोटरसाइकल कारबाहीमा ५० लाख राजस्व संकलन

संघ सल्लाहकार र पदाधिकारीहरुले पोखरा पर्यटकीय राजधानी घोषणासँगै रात्रीकालीन व्यवसाय २४ सै घण्टा खोल्न पाउने सन्दर्भमा त्यस्तो व्यवसाय व्यवस्थित गर्न ४१ बुँदे आचारसंहिता पालना गराउनुपर्ने र अनुगमन समेत अगाडि बढाइनुपर्ने सुझाव राखे । पर्यटकीय अपार्टमेन्टमा हुन सक्ने अवाञ्छित गतिविधिप्रति सचेत हुनुपर्ने, अव्यवस्थित पार्किङ समस्या सुल्झाउनुपर्ने र मासिकरुपमा प्रमुख जिल्ला अधिकारीले सर्वपक्षीय बैठक राखी जनता र व्यवसायीका समस्या, गुनासो र सुझाव सुन्ने व्यवस्थाका लागि समेत सोे अवसरमा अनुरोध गरिएको थियो ।

भारतीय पर्यटक बढेको बेला अहिले सीमा नाकाबाट पोखरा आउँदा उनीहरुमाथि धेरै ठाउँमा चेकिङ हुँदा हैरानी व्यहोर्नुपर्ने र नगरबसले जथाभावि पार्किङ गर्ने तथा नो हर्न नियमसमेत प्रभावकारी हुन नसकेको व्यवसायीको गुनासो थियो । कार्यक्रममा हान केन्द्रीय सदस्य एवं होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष भरतराज पराजुली, हान गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे, संघका सल्लाहकार बच्चुराम तिवारी, मेहरमान श्रेष्ठ, उपाध्यक्ष गणेशराज पहारी र कोषाध्यक्ष नेत्रप्रसाद पौडेलले बोलेका थिए ।

प्रजिअ पाण्डेले पर्यटकीय क्षेत्र लगायत समग्र जिल्लाको सुरक्षा र उपभोक्ता अधिकार तथा हितलाई समेत ख्याल गरेर प्रहरी प्रशासन अगाडि बढ्ने प्रतिबद्धता सुनाए । यसका लागि प्रहरी प्रशासन व्यवसायीसँग हातेमालो गरेर नै अगाडि बढ्ने उनले बताए ।

प्रहरी उपरीक्षक थापाले विकृतिविरुद्ध कास्की प्रहरीले अभियान जारी रहेको बताए । मोडिफाई गरिएका ६ सय ८१ मोटरसाइकल कारबाही गर्दा मात्र ५० लाख राजस्व संकलन भएको उनले बताए । मोडिफाई गरिदिने वर्कसपलाई पनि कार्वाही गरिएको र अहिले कुनै पनि वर्कसपले वाइक मोडिफाई नगर्ने प्रहरी उपरीक्षक थापाले सुनाए ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग