सेती नदी संरक्षणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

आदर्श समाज सम्वाददाता
असार ३, २०८१
seti samrachhan Photo 2

पोखरा । सेती नदी संरक्षण अभियानका पदाधिकारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ सेती नदी किनारको अहिलेको अवस्थाबारे ध्यानाकर्षण गराइएको छ । अभियानका अध्यक्ष हेम पौड्यालको टोलीले आइतबार प्रधानमन्त्री प्रचण्डसँग भेट गरी ध्यानाकर्षणसहित परियोजना प्रस्ताव गरेको हो ।

प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष हेम पौड्यालले सेती नदीको सिमांकन, संरक्षण तथा व्यवस्थापन गर्नको लागि गुरु योजनाको निर्माण, कम्तीमा ८/१० ठाउँमा चेकड्याम निर्माण लगायत विषयहरू समेटिएको परियोजना प्रस्तावना पेस गरेका थिए । परियोजनामा कोत्रेदेखि नदीको मुहानसम्म दुवै किनारामा हरित पैदल तथा साइकल मार्ग, नदीको दुवै किनारामा वृक्षरोपण तथा चौताराहरू निर्माण, नदीमा विसर्जन भइरहेको फोहरलाई रोक लगाउने विषय पनि समेटिएको छ ।

प्रधानमन्त्री प्रचण्डले पर्यटकीय राजधानी पोखरा भएर बग्ने सेती नदीबारे चासो राखी संरक्षणको अभियानमा जुटेका समुदायलाई धन्यवाद दिँदै सरकारले यो विषयमा सकारात्मक पहल लिने विश्वास दिलाए ।

अभियानको टोलीले आइतबार नै जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराललाई भेटी नदी संरक्षणको विषयमा अवगत गराएको थियो । साथै, नदीको सिमांकन, गुरुयोजनालगायत विषयमा छलफल पनि गरेको थियो । सचिव बरालले आगामी आर्थिक वर्षको बजेटअन्तर्गत रहेर गर्न सकिने विषयबारेमा परामर्श गरी सकारात्मक पहलकदमी लिने उनले बताए ।

गत जेठ २८ गते जिल्ला समन्वय समिति कास्कीको आयोजनामा भएको सरोकारवालासँगको अन्तत्र्रिmयामा अध्यक्ष पौड्यालले कोत्रेदेखि माछापुच्छ«ेसम्मको हालको अवस्थाबारे (भिडियो क्लिपहरूसहितको) कार्यपत्र पेस गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग