भाषा संघको जापानी भाषा तालिम

आदर्श समाज सम्वाददाता
असार ३, २०८१
LAn

पोखरा । भाषा संघ नेपाल (लान) को आयोजना छैटौं जापानी भाषा शिक्षक तालिम सम्पन्न भएको छ । तालिममा पोखरामा रहेका विभिन्न जापानी भाषा स्कुलका ४४ जनाको सहभागिता थियो । तालिममा सृजन भान्साकार्य, निलम बाटाजू, मोतीप्रसाद श्रेष्ठ र सबिता शेरचनले प्रशिक्षण दिए ।

संस्थाका अध्यक्ष सृजन भान्साकार्यको अध्यक्षतामा भएको तालिम कार्यक्रमको संयोजन सल्लाहकार निलम बाटाजुले गरेका थिए । सल्लाहकार युवराज खनाल र प्रकाशकुमार श्रेष्ठले पोखराबाट जापानमा अध्ययनको लागि जाने विद्यार्थीले जापानी भाषा तथा संस्कृति बुझ्नुपर्नेमा जोड दिए ।

संस्थाका प्रथम उपाध्यक्ष मोतीप्रसाद श्रेष्ठ स्वागत र संस्थाका महासचिव बालकृष्ण शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभा माविमा क्रिकेटको ‘प्राक्टिस नेट’

    आदर्श समाज सम्वाददाता असार ३०, २०८१
    पोखरा । प्रतिभा माविले क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ विद्यालय परिसरमा क्रिकेटको ‘प्राक्टिस नेट’ तयार पारेको छ । नेपाली…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • डेभिज फल सहकारीको १४ औं वार्षिकोत्सवमा रक्तदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ ले १४ औं वार्षिकोत्सव अवसरमा शनिबार रक्तदान कार्यक्रम गरेको…
  • लेकसिटी कलेजमा डिटिटिपी कोर्स

    आदर्श समाज सम्वाददाता असार २७, २०८१
    पोखरा । पोखराको गैरापाटनमा रहेको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरले नियमित पठन पाठनका अलावा विद्यार्थीहरुको विकासका लागि इन्टरनेसनल फाउण्डेसन फर…
  • वडा १७ को कार्यालय सारिने

    आदर्श समाज सम्वाददाता असार २७, २०८१
    पोखरा । पोखरा महानगरपालिका–१७ ले चालु आर्थिक वर्षमा ८४ प्रतिशत पुँजीगत र चालुतर्फ ८८ प्रतिशत बजेट खर्च गरेको छ ।…

hero news full width