प्रादेशिक पुनर्स्थापना केन्द्र तत्काल सञ्चालन गर्न आग्रह

आदर्श समाज सम्वाददाता
असार ३, २०८१
himsaa 2

पोखरा । लैंगिक हिंसा व्यवपस्थापन सल्लाहकार समिति कास्कीको बैठक आइतबार सम्पन्न भएको छ । बैठकले लंैगिक हिंसा प्रभावितहरूको लागि अल्पकालीन आवास गृह एवं प्रादेशिक पुनर्स्थापना केन्द्र तत्काल सञ्चालन गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ ।

पोखरा ३३ भरतपोखरीको आमा चौरमा प्रदेश सरकारको लगानीमा भवन निर्माण सम्पन्न भए पनि केन्द्र सञ्चालनमा आउन नसकेकोप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा समितिका संयोजक लीलाधर पौडेलले बताए ।

प्रमुख पौडेलले आफ्नो कार्यकाल सुरु हुँदादेखि पटकपटक गण्डकी प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदा समेत सञ्चालनको प्रक्रिया अघि बढ्न नसकेको भन्दै विगतका २ आर्थिक वर्षमा केन्द्र सञ्चालनका लागि भनेर विनियोजित रकम फ्रिज हुनु दुखद् भएको बताए ।

बैठकले आगामी आर्थिक वर्षमा एकद्वार संकट व्यवस्थापन केन्द्रबाट सेवा लिएकासहित लैगिक हिंसा प्रभावितहरूको लागि सबै स्थानीय तहले बजेट विनियोजन गर्ने, अल्पकालीन आवास एवं पुनस्र्थापना केन्द्र स्थापना गर्ने निर्णय गरिएको प्रमुख पौडेलले जानकारी दिए ।

बैठकले स्थानीय तहले हिंसा प्रभावितहरूको लागि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन र सुचारू गर्ने, स्थानीय तह र एकद्वार संकट व्यवस्थापन केन्द्रबीच समन्वय र सहकार्यलाई थप बलियो बनाउने निर्णय गरेको कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले बताए ।

माछापुच्छ«े गाउँपालिकाका उपप्रमुख सीता अधिकारीले लैंगिक हिंसा व्यवस्थापनमा पालिकाले प्रतिबद्धताका साथ काम गरेको जानकारी दिँदै थप मजबुत कार्यक्रम आउने वर्षमा समावेश गर्ने उल्लेख गरिन् ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा उक्त समितिका संयोजक लीलाधर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिसस कास्कीका उप प्रमुख सरिता माल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. भरत खत्री, अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन सजना ढुंगाना, पालिकाका उपप्रमुखहरूलगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • वामपन्थी ज्येष्ठ नागरिक भेला हुँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरामा ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम’ हुने भएको छ । पहिलोपल्ट आयोजित उक्त कार्यक्रम यही ९–१० कात्तिकमा हुने…
  • पोखरामा रगत अभाव

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । चाडपर्वको समय र बढ्दो डेंगुका कारण पोखरामा रगत अभाव भएको छ । रक्त संचार केन्द्र आह्वानमा पोखरामा रगतको…
  • पाेखरामा रास्वपाको मंगलबार पनि विरोध प्रदर्शन (फोटो फिचर)

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । रास्वपाले पोखरामा मंगलबार पनि विरोध प्रदर्शन जारी राखेको छ । पार्टी अध्यक्ष एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि…
  • युनिलिभरको ५० लाख सहयोग

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी) कम्पनीहरूमध्ये एक युनिलिभर कम्पनीले बाढीपहिरो पीडितलाई सहयोग गरेको छ ।…
  • पोखरामा रास्वपाको निरन्तर विरोध प्रदर्शन

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा विरोध प्रदर्शन गरेको…

hero news full width

trending post

ट्रेन्डिङ्ग