हेरालोले सिकायो कम्पोस्ट मल बनाउन

आदर्श समाज सम्वाददाता
असार ३, २०८१
heralo

पोखरा । हेरालो प्रतिष्ठान कास्कीले अर्चलबोट आमा समूहमा आबद्ध महिलाहरुलाई कम्पोस्ट मल बनाउने सरल विधि सिकाउँदै फोहोरमैला व्यवस्थापनबारेमा अन्तर्राष्ट्रियसमेत गरेको छ ।

हेरालो प्रतिष्ठानको आयोजना र अर्चलबोट आमा समूहको सहआयोजनामा भएको कार्यक्रममा पोखरा वडा नं. २ का अध्यक्ष दिवसमान प्रधानांगले पोखरा सफा सुन्दर र हराभरा भए मात्रै पर्यटनको राजधानी घोषणाले सार्थकता पाउने बताउँदै हेरालोको यो अभियान अनुकरणीय रहेको बताए । साथै अर्चलबोट आमा समूहको विभिन्न कामले आफूलाई खुसी लागेको र आवश्यक सहयोगका लागि तयार रहेको समेत उनले अवसरमा बताए ।

जापानमा जन्मेको हेरालोको ऐतिहासिक परिचयबाट सुरु गर्दै संस्थापक अध्यक्ष महेन्द्र श्रेष्ठले ३ प्रकारका फोहोरमध्ये २ प्रकारलाई मोहरमा परिणत गर्न सकिने बताए । उनले कम्पोस्ट मल बनाउने विधि सिकाउँदै ल्यान्डफिल साइटमा १० प्रतिशतभन्दा पनि कम फोहोर मात्रै जाने बताए । अर्चलबोट आमा समूहकी अध्यक्ष सुशीला बराल रेग्मीले भर्खर बिहे भएर आउँदाको दिन सम्झँदै त्यो बेलामा अरुले बोरामा धेरै फोहोर फाल्दा आफूले प्लास्टिकमा थोरै मात्रै फालेको तर अरुको नजरमा भने घरमा खानेकुराको कमी भएर हो कि भन्ने ठान्ने गरेको फरक अनुभूति सुनाइन् । तर आजकल भने थोरै फोहोर फाल्नु सभ्य नागरिकको परिचय हो भनेर धेरैले बुझेको पनि उनले बताइन् । आमा समूहकी पूर्व अध्यक्ष कल्पना सुबेदीले हेरालोको नाराबाट र आजको कार्यक्रमबाट आफू प्रभावित भएको सुनाउँदै पछिका दिनहरुमा पनि आफूहरुलाई घच्घचाइदिन अनुरोध गरिन् ।

धनराज पुरीको अध्यक्षतामा भएको कार्यक्रममा निरज थापा, रोश गुरुङ , तिलक थापा लगायतले बोलेका थिए । विविध कार्यक्रमका साथ हेरालो रजत महोत्सव वर्ष २०८१ मनाउने सिलसिलामा भएको सो कार्यक्रममा आमा समूहलाई हेरालोको तर्फबाट २ वटा कम्पोस्ट ड्रम उपहार स्वरूप दिइएको थियो ।

Related News

सम्बन्धित समाचार

  • वामपन्थी ज्येष्ठ नागरिक भेला हुँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरामा ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम’ हुने भएको छ । पहिलोपल्ट आयोजित उक्त कार्यक्रम यही ९–१० कात्तिकमा हुने…
  • पोखरामा रगत अभाव

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । चाडपर्वको समय र बढ्दो डेंगुका कारण पोखरामा रगत अभाव भएको छ । रक्त संचार केन्द्र आह्वानमा पोखरामा रगतको…
  • पाेखरामा रास्वपाको मंगलबार पनि विरोध प्रदर्शन (फोटो फिचर)

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । रास्वपाले पोखरामा मंगलबार पनि विरोध प्रदर्शन जारी राखेको छ । पार्टी अध्यक्ष एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि…
  • युनिलिभरको ५० लाख सहयोग

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी) कम्पनीहरूमध्ये एक युनिलिभर कम्पनीले बाढीपहिरो पीडितलाई सहयोग गरेको छ ।…
  • पोखरामा रास्वपाको निरन्तर विरोध प्रदर्शन

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा विरोध प्रदर्शन गरेको…

hero news full width

trending post

ट्रेन्डिङ्ग