धर्मसभा कास्कीमा मोक्षनाथ

आदर्श समाज सम्वाददाता
असार ३, २०८१
dharma sava

पोखरा । राष्ट्रिय धर्मसभा नेपाल जिल्ला कार्य समिति कास्कीको छैठौं अधिवेशनबाट मोक्षनाथ तिमिल्सिनाको अध्यक्षतामा २६ सदसीय कार्य समिति र सल्लाहकार समिति निर्विरोध निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्ष कुलप्रसाद भण्डारी, उपाध्यक्ष पं. दीपक सापकोटा, सचिव शिवबहादुर बराल, कोषाध्यक्ष हरिलाल गिरी, सहसचिव धना पोखरेल, सहकोषाध्यक्ष शशि शर्मा अधिकारी, प्रवक्ता जमुना सुवेदी चयन भए । सदस्यमा सावित्री बस्याल, सुभद्रा चालिसे, नन्दप्रसाद बराल, सन्त बलराम सिग्देल, भीमराज भण्डारी, शिवप्रसाद गौतम, सीता खड्का, इन्दिरा आचार्य, जानुका चालिसे, रुद्रमणि ढुंगाना, भरत गिरी, धनपति अधिकारी, टुल्की पौडेल (मनिषा) चयन भएका छन् । सल्लाहकारमा विश्वेश्वर ढकाल, केशवराज भण्डारी, कृष्णप्रसाद चापागाईँ, ठाकुरप्रसाद बराल र डा. सुजनबाबु पौडेल मनोनीत भए ।

राष्ट्रिय धर्मसभा नेपालका केन्दीय अध्यक्ष प्राडा माधव भट्टराईको प्रमुख आतिथ्यतामा केन्द्रीय उपाध्यक्ष एवं कास्की शाखाका वरिष्ठ उपाध्यक्ष केशवराज भण्डारीले स्वागत, उपाध्यक्ष ठाकुरप्रसाद बराल, जमुना सुवेदी, सीता खड्काले शुभकामना मन्तव्य दिए ।

सभामा महासचिव रामनाथ अधिकारी ‘संगी’ ले सचिवको प्रतिवेदन, कोषाध्यक्ष हरिलाल गिरीले प्रस्तुत गरेको लेखा प्रतिवेदन सभाले पारित ग¥यो । सभाका प्रमुख अतिथि प्राडा माधव भट्टराईले पृथ्वीको गुनासो कविता संग्रह लोकार्पण गर्दै राष्ट्रिय धर्मसभा कास्कीका अध्यक्ष एवं सभाध्यक्ष कृष्णप्रसाद चापागाईँ, कवि अधिवक्ता धार्मिक समाजिक बौद्धिक व्यक्तित्व भएकाले चापागाईँ र महासचिव रामनाथ अधिकारीलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरे ।

प्रमुख अतिथि भट्टराईले निर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण र प्रमाण पत्र वितरण गर्दै सनातन धर्म संरक्षणमा संघशक्तिमा एकताबद्ध भएर अगाडी बढ्न आग्रह गरे । कृष्णप्रसाद चापागाईँको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामनाथ अधिकारी संगीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • वामपन्थी ज्येष्ठ नागरिक भेला हुँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरामा ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम’ हुने भएको छ । पहिलोपल्ट आयोजित उक्त कार्यक्रम यही ९–१० कात्तिकमा हुने…
  • पोखरामा रगत अभाव

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । चाडपर्वको समय र बढ्दो डेंगुका कारण पोखरामा रगत अभाव भएको छ । रक्त संचार केन्द्र आह्वानमा पोखरामा रगतको…
  • पाेखरामा रास्वपाको मंगलबार पनि विरोध प्रदर्शन (फोटो फिचर)

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । रास्वपाले पोखरामा मंगलबार पनि विरोध प्रदर्शन जारी राखेको छ । पार्टी अध्यक्ष एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि…
  • युनिलिभरको ५० लाख सहयोग

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी) कम्पनीहरूमध्ये एक युनिलिभर कम्पनीले बाढीपहिरो पीडितलाई सहयोग गरेको छ ।…
  • पोखरामा रास्वपाको निरन्तर विरोध प्रदर्शन

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा विरोध प्रदर्शन गरेको…

hero news full width

trending post

ट्रेन्डिङ्ग