एनटिभिएको रक्तदान

आदर्श समाज सम्वाददाता
असार ३, २०८१
blood donetion

पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेश र लायन्स क्लब अफ पोखरा लेक भ्यालीद्वारा संयुक्तरुपमा आयोजित रक्तदान कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ ।

रक्तदानको शुुभारम्भ गर्र्दै पोखरा ६ का वडाध्यक्ष विष्णुुबहादुर भट्टराईले रक्तदान जीवनदान भएको बताए ।

एनटिभिए गण्डकी अध्यक्ष एवं लायन्स क्लब अफ पोखरा लेक भ्यालीका सचिव दुुर्गादत्त दहालले सामाजिक उत्तरदायित्व बहन गर्दै यस किसिमका कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताए ।

लायन्स पोखरा लेक भ्याली अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का द्वितीय उपाध्यक्ष तारानाथ पहारीले प्रत्येक थोपा–थोपा रगतको महत्व हुने बताउँदै रक्तदान अरुका लागि जीवनदान हुने उल्लेख गरे ।

एनटिभए गण्डकी अध्यक्ष दुुर्गादत्त दहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक विकास कँडेलले गरेका थिए । एनटिभिए गण्डकीका पूर्व अध्यक्ष एवं सल्लाहकार बोबरजंग गुरुङ, सल्लाहकार सोमबहादुर थापा, गणेशबहादुर सापकोटा, पर्यटन सम्बद्ध संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधि लगायतको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

  • वामपन्थी ज्येष्ठ नागरिक भेला हुँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरामा ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम’ हुने भएको छ । पहिलोपल्ट आयोजित उक्त कार्यक्रम यही ९–१० कात्तिकमा हुने…
  • पोखरामा रगत अभाव

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । चाडपर्वको समय र बढ्दो डेंगुका कारण पोखरामा रगत अभाव भएको छ । रक्त संचार केन्द्र आह्वानमा पोखरामा रगतको…
  • पाेखरामा रास्वपाको मंगलबार पनि विरोध प्रदर्शन (फोटो फिचर)

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । रास्वपाले पोखरामा मंगलबार पनि विरोध प्रदर्शन जारी राखेको छ । पार्टी अध्यक्ष एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि…
  • युनिलिभरको ५० लाख सहयोग

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी) कम्पनीहरूमध्ये एक युनिलिभर कम्पनीले बाढीपहिरो पीडितलाई सहयोग गरेको छ ।…
  • पोखरामा रास्वपाको निरन्तर विरोध प्रदर्शन

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा विरोध प्रदर्शन गरेको…

hero news full width

trending post

ट्रेन्डिङ्ग