एवान ग्रेटर नेपाल यातायात कम्पनीमा पदस्थापना

आदर्श समाज सम्वाददाता
असार ३, २०८१
Aone gretar company

ए वान ग्रेटर नेपाल यातयात कम्पनी प्रालिमा पदस्थापना तथा सपथग्रहण भएको छ । कम्पनीका कानुनी सल्लाहकार नारायण शर्माले असार १ गते शपथ गराएका हुन् । कम्पनीको जेठ १९ मा भएको विशेष साधारण सभा तथा प्रथम अधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष अर्जुन पौडेल, उपाध्यक्ष देवीराम पाण्डे, सचिव गोकर्ण केसी, सहसचिव बलबहादुर शेर्पा, कोषाध्यक्ष महोदत्त आचार्य, सहकोषाध्यक्ष नन्दबहादुर गुरुङ चयन भएका थिए । सदस्यहरू ऋषिराम खाँण ठकुरी, रुद्रबहादुर गुरुङ, ठाकुरप्रसाद सुवेदी, भरत परियार, श्याम भुजेल छन् ।

शपथ ग्रहणसहित पदीय जिम्मेवारीबारे जानकारी गराउँदै नयाँ कार्य समितिलाई कानुनी सल्लाहकार नारायण शर्माले बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

शपथ ग्रहणपश्चात् प्रालिका नवनिर्वाचित अध्यक्ष अर्जुन पौडेलले सार्वजनिक यातायात व्यवसाय सेवामुखी स्वरोजगार भएको हुँदा व्यवसायप्रति इमानदार रहेर जिम्मेवारीका साथ कम्पनीलाई अगाडि बढाउँदै लैजाने प्रतिबद्धता जनाउँदै कम्पनीमा आवद्ध सदस्य व्यवसायीका हक हितका लागि आफू रातदिन खट्ने प्रतिबद्धता जनाए । अध्यक्ष पौडेलले व्यवसायीका हकहित र संरक्षणका लागि आफूहरूले भलाइ कोष खडा गर्दै भैपरि आउने सवारी दुर्घटना साथै सवारी दुर्घटना बिमा तथा अन्य सेवा सुविधामा समेत सहजीकरण गर्ने आश्वासन दिए ।

कम्पनीका संस्थापक अध्यक्ष देवीराम पाण्डेलगायत एवान ग्रेटर यातायात कम्पनी प्रालिमा आबद्ध स्वरोजगार चालक तथा चालक सदस्यहरूको समेत उपस्थिति थियो । नवनिर्वाचित अध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष देवीराम पाण्डेले स्वागत र सचिव गोकर्ण केसीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • वामपन्थी ज्येष्ठ नागरिक भेला हुँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरामा ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम’ हुने भएको छ । पहिलोपल्ट आयोजित उक्त कार्यक्रम यही ९–१० कात्तिकमा हुने…
  • पोखरामा रगत अभाव

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । चाडपर्वको समय र बढ्दो डेंगुका कारण पोखरामा रगत अभाव भएको छ । रक्त संचार केन्द्र आह्वानमा पोखरामा रगतको…
  • पाेखरामा रास्वपाको मंगलबार पनि विरोध प्रदर्शन (फोटो फिचर)

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । रास्वपाले पोखरामा मंगलबार पनि विरोध प्रदर्शन जारी राखेको छ । पार्टी अध्यक्ष एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि…
  • युनिलिभरको ५० लाख सहयोग

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी) कम्पनीहरूमध्ये एक युनिलिभर कम्पनीले बाढीपहिरो पीडितलाई सहयोग गरेको छ ।…
  • पोखरामा रास्वपाको निरन्तर विरोध प्रदर्शन

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा विरोध प्रदर्शन गरेको…

hero news full width

trending post

ट्रेन्डिङ्ग