डा. एलियामालाई गण्डकी नारी सम्मान

आदर्श समाज सम्वाददाता
असार २, २०८१
gandaki samman

पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकीले शिक्षा तथा समाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकी शिक्षाविद् डा.एलियामा जोनलाई ‘गण्डकी नारी सम्मान’ बाट सम्मान गरेको छ ।

भारतको केरलामा जन्मिएर पोखरालाई २०१७ सालदेखि कर्मभूमि बनाउँदै यस क्षेत्रको शैक्षिक विकाससँगै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गर्दै अएकी डा. अलियामालाई नगद २५ हजार र सम्मानपत्र सहित ‘गण्डकी नारी सम्मान’ अर्पण गरिएको हो । यसअघि सञ्चारकर्मी निर्मला शर्मा, गायिका बाबा राणा, समाजसेवी राधा कुँवरलगायतलाई क्लबले सम्मान गरिसकेको छ ।

क्लबले ११ वर्षदेखि नियमितरुपमा शिक्षा, स्वास्थ्य, वातावरण लगायत समाज सेवाका विभिन्न क्षेत्रमा कार्य गरेका महिलाहरु मध्येबाट प्रत्येक वर्ष यो सम्मान प्रदान गर्दै आएको क्लबका पूर्व अध्यक्ष एवं लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ‘जे’ नेपालका कोचिफ एडभाइजर विमला श्रेष्ठले बताइन् ।

सम्मान कार्यक्रममा पत्रकार तथा साहित्यकार बबिता बस्नेतले ३७ वर्ष पहिले पोखराका महिलाहलले खोलेको विश्वकै पहिलो महिलाहरु मात्र सम्मिलित क्लबले समाजमा उत्किृष्ट कार्य गर्ने व्यक्तित्वहरूलाई बर्सैनि सम्मान गर्दै आएकोमा प्रसंशा गरिन् । उनले पछिल्लो समय शिक्षासँगै सामाजिक विकास भए पनि पुरुषहरूले महिलाहरूप्रति गर्ने व्यवहारमा खासै सुधार नआएको टिप्पणी गरिन् ।

कार्यक्रममा शिक्षाविद् जर्ज जोनले लायन्सले समाज विकास र सेवाका क्षेत्रमा महŒवपूर्ण कार्य गरेको बताए । उनले गण्डकी लायन्सले गरेको सम्मानले महिलाहरुलाई सेवाका क्षेत्रमा योगदान गर्न उत्पे्ररित गर्ने बताए ।

लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ‘जे’ नेपालका द्वितीय भाइस गभर्नर प्रजापति बास्तोलाले नारीहरूको सम्मान गरेमात्र समाज समृद्ध बन्ने बताए ।
डा.माया लामाले सम्मानित डा.अलियामाले शिक्षा क्षेत्रमा महŒवपूर्ण योगदान गरेको बताउँदै उनीबाट शिक्षा लिएकाले पूर्वपश्चिमदेखि मेची, महाकालीसम्म सेवाका क्षेत्रमा रहेको बताइन् ।

सम्मानित व्यक्तित्व डा.अलियामाले विश्वकै महिलाहरुले मात्र नेतृत्व गरेको यस क्लबले गरेको सम्मानबाट गौरवान्वित भएको बताइन् ।
पोखरास्थित रहेको पृथ्वीनारायण क्याम्पसको स्थापना गर्न महŒवपूर्ण योगदान गरेका शिक्षाविद् जर्ज जोनकी धर्मपत्नीसमेत रहेकी उनले लामो समय यही क्याम्पसमा अध्यापन गरेकी थिइन् ।

क्लबका अध्यक्ष लक्ष्मीकला शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष कोकी मल्लले स्वागत र क्लब सचिव पुजन शाक्यले सञ्चालन गरेका थिए । क्लबका पूर्व अध्यक्ष शारदा पराजुलीले धन्यवाद ज्ञापन गरिन् ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग