४ हजार ५ सय २४ जनालाई तालिम

आदर्श समाज सम्वाददाता
असार २, २०८१
bharatpur (1)

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा ४ हजार ५ सय २४ जनालाई निशुल्क तालिम दिएको छ । उत्पादनलाई प्राथमिकता दिँदै आइरहेको महानगरले वडा र महानगरस्तरीय गरी यस आर्थिक वर्षमा विभिन्न प्रकारको स्वरोजगार सम्बन्धी तालिम दिएको हो ।

महानगरको रोजगारी शाखाका अनुसार ब्युटी पार्लर, बालबालिकाको क्षमता वृद्धि, महिलाहरुको आन्तरिक क्षमता वृद्धि, बुटिक र पोते बनाउने, कौसी खेती, पञ्चेबाजा बजाउने, मादल तथा खैंजडीमा खरी भर्ने, मन्टेसरी, झोला, जुत्ता तथा चप्पल बनाउने, अचार बनाउने तालिम दिएको छ ।

यस्तै प्लम्बिङ, कृषि, बेकरी, सरफ, साबुन, भाडा धुने झोल र फिनेल बनाउने, घरेलु फोहोर व्यवस्थापन, चित्रकला, कपाल काट्ने, अमिन, झुम्का, माला, नेक्लेस तथा चुरा बनाउने, ड्राइभिङ, एड्भान्स सिलाइकटाइ, कुक र होमेस्टे, इलेक्ट्रिसियन, सेनेटरी प्याड बनाउनेलगायतका तालिम हो ।

तालिमहरु २ दिने देखि ४ महिनासम्म सञ्चालन भएको महानगरले जनाएको छ । श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको महानगरले जनाएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा पूर्वाधारको विकाससँगै विभिन्न परियोजनामा दक्ष जनशक्तिको माग भएकाले निशुल्क तालिमलाई जोड दिइएको बताइन् । अहिले यहाँका उद्योग, कलकारखाना लगायतका ठाँउमा भारतलगायत अन्य देशबाट दक्ष नागरिक ल्याउनुपर्ने बाध्यता रहेको उनले बताइन् ।

तालिमको व्यवस्था गरिने युवाहरूलाई स्वरोजगार बनाइ स्वदेशमै बस्ने वातावरण तयार गर्ने महानगरको उद्देश्य रहेको प्रमुख दाहालको भनाइ छ । महानगरले आगामी आर्थिक वर्षमा निशुल्क तालिम दिने कार्यक्रमलाई वृद्धि गर्दै लैजाने पनि जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • गुरुङ ब्युटीपार्लरमा मेहेन्दी मेला

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । गुरुङ ब्युटीपार्लर एवं एकेडेमी, पोखरामा मेहेन्दी मेला सुरु भएको छ । एकेडेमीको न्यूरोडस्थित प्रागंणमा साउनलक्षित मेला ३० असारदेखि…
  • न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक

    रासस श्रावण १, २०८१
    काठमाडौं । न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना (२०८१/८२–२०८५/८६) सार्वजनिक गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार योजना सार्वजनिक गर्दै न्यायपालिका…
  • गण्डकीका संस्थापक मुख्यमन्त्री बने सञ्चारमन्त्री

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । ओली नेतृत्वको मन्त्रिमण्डलमा सोमबार सञ्चारमन्त्री नियुक्त पृथ्वीसुव्वा गुरुङ नेपालको संसदीय राजनीतिमा सम्भवतः सबैभन्दा बढी निर्वाचनमा उम्मेदवार बनेका राजनीतिज्ञ…
  • कास्कीकी विद्या शिक्षामन्त्री

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएसँगै कास्की क्षेत्र २ रिक्त हुन गयो । २०७६ सालको…
  • प्रधानमन्त्रीसहित नवनियुक्त १९ मन्त्रीद्वारा शपथ ग्रहण   

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री र १९ मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री…

hero news full width