प्रदेशस्तरीय टि–२० क्रिकेट: कास्की र तनहुँ निरन्तर विजयी

आदर्श समाज सम्वाददाता
असार १, २०८१
T-20 man

पोखरा । कास्की र तनहुँले गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगितामा लगातार जित निकालेका छन् । यो जितसँगै कास्की र तनहुँले समान ४ अंक बटुलेका छन् । म्याग्दी र बागलुङ भने जितको प्रतीक्षामा छन् ।

पोखरा रंगशालामा जारी प्रतियोगिताको शनिबार पहिलो खेलमा कास्कीले म्याग्दीविरुद्ध सहज ७ विकेटले जित निकाल्दा तनहुँले बाग्लुङविरुद्ध कठिन जित निकाले । जितका लागि १२४ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम २ बल बाँकी हुँदा तनहुँले जित निकालेको हो ।

पहिलो खेलमा म्याग्दीले टस जितेर ब्याटिङको पारिको सुरुवात गर्दै १८.५ ओभरमा १० विकेट गुमाउँदै ७५ रनमा समेटियो । कास्कीका कृष्ण पौडेलको धारिलो बलिङमा म्याग्दीका ४ जनालाई पेभिलियन फर्काए । म्यान अफ दि म्याच उनले ३.३ ओभरको बलिङ स्पेलमा १७ रन दिएर ४ विकेट हात पारे । केशव साउदले २७ बलमा १६ रन बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

विजेतालाई १ लाख र उपविजेतालाई ५० हजार दिइनेछ

कास्कीका लागि सिव्रिन श्रेष्ठ र विश्वास पराजुलीले समान २ विकेट लिए भने विपीन खत्री र आदित्य थापाले १–१ विकेट लिए । कास्कीका लागि जवाफी व्याटिङ गर्दै अर्जुन कुमालले ३१ बलमा ५ चौका प्रहार गर्दै ३६ रन बनाएर नट आउट रहे भने अर्का ओपनर सोहेल कुँवर शून्य रनमा आउट भए । ३ बलको सामना गरेका सोहेल आयुष खत्रीको बलमा विशाल आचार्य क्याच आउट भए । सिव्रिन श्रेष्ठ १० बलको सामना गर्दै १ छक्का र २ चौकाको सहयोगमा १६ रनको योगदान दिए भने ११ बल खेलेका रोहित चन्द १ छक्का र १ चौका प्रहार गर्दै व्यक्तिगत २१ रन बनाए । तर आयुष सैंजु १ रनमा पेभिलिएन फर्किए । बागलुङका लागि केशव साउदले १५ रन खर्चिएर २ विकेट लिए ।

दोस्रो खेलमा टस जितेर तनहुँले बागलुङलाई पारिको सुरुवात गर्न निम्तो दियो । बागलुङले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १२३ रन बनायो । ओपनरद्वय अर्जुन रायमाझी १ र किसन सुनार शून्यमा आउट भए । तेस्रो क्रममा बागलुङका लागि पारि सम्हाल्दै कप्तान आराश तामाङले ३० बलको सामना गर्दै ५ चौका र १ छक्काको सहयोगमा व्यक्तिगत ३५ रनको योगदान दिए भने चन्द्रदीप यादवले २५ रन बनाए । उनले समान २ चौका र २ छक्का प्रहार गरे । टिमका लागि अनिश जिशीले १६ रनको योगदान दिँदा विवेक नेपालीले १७ रन जोडे ।

तनहुँका लागि क्रिश ऐरले ३ ओभरमा १२ रन खर्चिएर २ विकेट लिए भने चन्द्रकान्त पौडेलले २ विकेट लिए । १२४ रन लक्ष्य पछ्याउँदा अन्तिम ओभरको चौथो बलमा जितको यात्रा तय ग¥यो । खेल १९.४ ओभरसम्म आइपुग्दा तनहुँले ८ विकेट गुमाइसकेको थियो ।

म्यान अफ दि म्याच चन्द्रकान्त पौडेलले सर्वाधिक २२ रनको योगदान दिए । सदित्य बञ्जाराले १९ र समीर कँडेलले १५ रन मात्रै जोडे ।

आइतबार कास्की र तनहुँबीच पहिलो खेल र दोस्रो खेल बागलुङ र म्याग्दीका बीचमा हुनेछ । १० औं राष्ट्रिय खेलकुदमा प्रारम्भिक टिम छनोट समेत रहेको प्रतियोगितामा विजेतालाई पुरस्कार १ लाख र उपविजेतालाई ५० हजार साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।
यसैबीच, महिलातर्फ आगामी असार ७ देखि १० सम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग