पश्चिमाञ्चलमा ‘फुड फेस्टिभल’

आदर्श समाज सम्वाददाता
असार १, २०८१
PHSS Food Festival

पोखरा । वर्षभरिको सैद्धान्तिक र प्रयोगात्मक ज्ञान बाहिर ल्याउने गरी पश्चिमाञ्चल माविले शनिबार फुड फेस्टिभल आयोजना गरेको छ । कक्षा ११ र १२ मा अध्यापन हुने होटल व्यवस्थापन विषयका विद्यार्थीको संयोजनमा फेस्टिभल भएको हो।

पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले फेस्टिभल उद्घाटन गर्दै पर्यटन क्षेत्रमा खानाको पनि महत्व रहेको बताए । ‘सबै पाहुनाले खानाको मिठो स्वाद खोजिरहेका हुन्छन् । स्वस्थ र स्वादिलो खानाबिना पर्यटन सम्भव हुँदैन,’ उनले भने, ‘पाहुनाको सत्कारमा खानाको महत्व छ ।’ पोखरा पर्यटकीय राजधानी भएकोले पनि होटल व्यवस्थापन शिक्षाको अझै बढी महत्व रहेको उनले बताए ।

पोखरामा होटल व्यवस्थापन अध्यापन हुने धेरै शैक्षिक संस्था भए पनि त्यहाँ उत्पादित शैक्षिक जनशक्ति अहिलेसम्म विदेश पलायन हुने गरेकोले उनीहरुलाई रोक्न जरुरी रहेको अध्यक्ष श्रेष्ठले बताए ।

प्राचार्य सरोज कोइरालाले १ वर्षसम्मको सैद्धान्तिक र प्रयोगात्मक ज्ञानलाई एकै ठाउँ प्रस्तुत गर्ने गरी फुड फेस्टिभल आयोजना गरेको बताए । उनले भने, ‘हामीले किताबी ज्ञान मात्र दिन्नौं, वास्तविक अभ्यास पनि गराउँछौं ।’ आगामी दिनमा पनि विद्यालयले यस्तै कार्यक्रम गर्ने उनले बताए । होटल व्यवस्थापनकै विद्यार्थीले उक्त अवसरमा विभिन्न प्रकारका परिकार बनाएका थिए ।

सहप्राचार्य प्राचार्य मीनु श्रेष्ठ कुँवरले आगामि वर्ष पनि यस्तै गतिविधि गर्ने बताइन् । ‘वर्षभर सिकेको सिकाइ वास्तविक रुपमा पस्कन सक्ने सक्षम विद्यार्थी तयार भएको यो कार्यक्रमले पुष्टि गरेको छ,’ उनले भनिन् । प्लस टु संयोजक देव क्षत्रीले प्लस टुमा सक्रिय विद्यार्थीको पहलमा यो कार्यक्रम भएको बताए । एक वर्षमा विद्यार्थीले केके सिके भन्ने देखाउने ठाउँ महोत्सव बनेको उनले बताए ।

पश्चिमाञ्चल फाउन्डेसन अध्यक्ष प्राडा रामनाथ ओझाले विद्यार्थीको वास्तविक ज्ञानको पुष्टि गर्नका लागि यस्तै थलो आवश्यक परेको बताए । विद्यालयमा ११ र १२ कक्षामा मानविकी, कानुन, व्यवस्थापन, होटल व्यवस्थापन विज्ञान विषयमा अध्यापन हुँदै आएकोमा आगामी शैक्षिक सत्रदेखि व्यवस्थापनअन्तर्गत सौन्दर्य कलाको पनि अध्यापन हुँदैछ ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग