पोखरा इन्जिनियरिङ कलेजमा यन्त्र फेस्टिभल

आदर्श समाज सम्वाददाता
असार १, २०८१
pec

पोखरा । पोखरा इन्जिनियरिङ कलेज स्ववियु आयोजनामा यन्त्र इन्जिनियरिङ तथा आर्किटेक्चर फेस्टिबल सुरु भयो ।

२ दिनसम्म चल्ने यन्त्र फेस्टिभलमा अर्किटेक्चर र इन्जिनियरिङका प्रदर्शनी, टक शो, प्यानेल डिस्कसन, ह्याक्थोन प्रतियोगिता, पब्जी गेम प्रतियोगिता, अन्तरकलेज विभिन्न खेल प्रतियोगिता, चेस प्रतियोगिता, फुड स्टल, साहित्यिक र सांगीतिक साँझ आदि हुने स्वविु सभापति विराट सिक्देलले बताए ।

कलेज व्यवस्थापन समिति अध्यक्ष हिरा गुरुङले फस्टिभल उद्घाटन गरिन् ।

स्ववियु सभापति विराट सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताले यस कार्यक्रमले विद्यार्थीमा आफूले पढेको प्राविधिक ज्ञान व्यावहारिक रुपमा प्रदर्शनी गर्ने थपको रुपमा यन्त्रको विकास भएको बताए । साथै प्राविधिक प्रदर्शनी बाहेक साहित्य र सांगीतिक कर्यक्रमले विद्यार्थीभित्र लुकेका विविध प्रतिभाको प्रष्फुटन हुने हुनाले फेस्टिभल अझ ओझिलो भएको बताए ।

कार्यक्रममा विराट सिग्देल, इ.कृष्ण घिमिरे, चिजकाजी गुरुङ, डा. शैलेश गुरुङ, इ.देउकाजी गुरुङ, शुभाष पण्डित, मुस्कानराज गौतम लगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रम सञ्चालन सचिव मिलन डुम्रे र कृति वाग्लेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग