विदेशमा पोखराको प्रचार गर्दै टेवान

आदर्श समाज सम्वाददाता
असार १, २०८१
tewan pic (5)

पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले पोखराको पर्यटन प्रबद्र्धनका लागि थाइल्यान्डस्थित नेपालको राजदूतावासमा अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन प्रवद्र्धनका लागि टेवान टोली १० दिने विदेश भ्रमणमा छ ।

नेपालका लागि थाइल्यान्डका राजदूत धनबहादुर ओलीले पोखराको आकर्षण प्रकृति भएकाले पोखराले आफ्नो प्राकृतिक सम्पदाको जगेर्ना गर्दै पर्यटन प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘प्रकृति भनेको नै पोखरा हो, यहाँको प्रकृतिमा रम्न पर्यटक पोखरा आउने हुन् । त्यसैले प्रकृतिलाई जोगाउदै पोखराको पर्यटन प्रबद्र्धन गरिनुपर्छ’ । उनले कुनै समय पोखरा घुम्न पुगेको स्मरण गर्दै बिरामी व्यक्ति पनि स्वस्थ बनाउन सक्ने विशेषता पोखराको प्रकृतिमा भएको सुनाए ।

थाइल्यान्डको पर्यटकीय गतिविधि, सरकारले अपनाएको नीतिबारे जानकारी दिँदै राजदूत ओलीले पोखराले आफ्नो स्थानीय रुपमा उत्पादित मौलिक खाना जोड दिनुपर्ने बताए । विदेशबाट प्रकृतिमा रम्न पुगेका पर्यटकलाई पोखराले आफ्नै मौलिक खाना खुवाउनुपर्ने उनले सुझाए ।

थाइ नेपाली संघका संरक्षक कुमार कार्कीले थाइल्याण्डमा पर्यटन प्राथमिकता भएजस्तै नेपालमा पनि पर्यटनको क्षेत्र उच्च प्राथमिकतामा हुनुपर्नेमा जोड दिए । उनले पोखरा घुम्नका लागि प्रबद्र्धनात्मक गतिविधिको खाँचो रहेको औल्याउदै पर्यटनको क्षेत्रमा थुप्रै अवसर रहेको सुनाए ।

गैरआवासीय नेपाली संघ थाइल्याण्ड अध्यक्ष रवीन्द्र बस्नेतले पर्यटनमा लगानीको आवश्यकता रहेको बताउँदै नेपालमा लगानी गर्ने वातावरण सुधार्नुपर्नेमा जोड दिए । उनले पोखराको पर्यटन प्रबद्र्धनात्मक कार्यमा सघाउने वाचा पनि गरे । थाइल्याण्डस्थित नेपाली राजदूतावासका प्रथम सचिव कुमार रेग्मीले पर्यटक भित्रिएसँगै पोखराले वातावरण सरसफाइमा ध्यान दिनुपर्ने सुझाव दिए ।

टेवान अध्यक्ष कमला गिरीले पोखरा पर्यटनको राजधानी घोषणा भइसकेपछि पोखरामा पर्यटकको संख्या बढाउनुपर्नेमा जोड दिइन् । उनले पोखरा प्राकृतिक मात्र नभएर आतिथ्य र आत्मीयताको सहर पनि रहेको बताइन् । पोखराको प्रबद्र्धनका लागि थाइल्याण्डमा हुने कार्यक्रममा पोखराको प्रचारात्मक सामग्री राख्न उनको जोड थियो । टेवान सचिव शोभा अधिकारी पौडेलले बैंककमा फस्टाएको पर्यटनजस्तै अब पोखराको पर्यटनलाई पनि राम्रो बनाउनुपर्ने दिइन् ।

टेवान टोलीले पोखराको प्रबद्र्धनात्मक भिडियो सामग्रीसहित व्यवसायको प्रचारात्मक सामग्री राजदूतावासलाई प्रदान गरेको थियो ।

टेवान टोलीले थाइल्यान्डसँगै सिंगापुर र मलेसियामा पोखराको प्रबद्र्धन कार्यक्रम, भेटघाट गर्ने छ । गत २८ जेठमा निस्केको भ्रमणमा टेवान सदस्य र पत्रकार गरी १९ जनाको सहभागिता छ।

टोलीमा अध्यक्ष कमला गिरीसहित सचिव शोभा अधिकारी पौडेल, सदस्य सरिता बराल क्षत्री, शारदा लम्साल, सदस्य उर्मिला थापा पन्थी, संगीता अधिकारी, संगीता बराल, नीशा बुढा, भगवती खत्री, विनिता अधिकारी बराल, सीता अधिकारी पौडेल, ज्ञानु श्रेष्ठ, सीता कोइराला, रेजिना आचार्य, तारा गिरी, स्पन्दन गिरी र पत्रकार युवराज श्रेष्ठ, युनिस गुरुङ र दुर्गा राना मगर छन्।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग