अक्सफोर्डमा हाजिरीजवाफ सम्पन्न

आदर्श समाज सम्वाददाता
जेठ ३२, २०८१
ox

पोखरा । पोखरा १३, बाँझापाटनस्थित अक्सफोर्ड स्कुलमा सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा हरियो सदनबाट गौरव आचार्य, मोहम्मद फयाज मिया, लीना गुरुङ र पवित्रा बराल प्रथम भए । नीलाे सदनबाट सुमीता सुवेदी, सिर्जना कार्की, अस्मिता बराल र करिना विश्वकर्मा द्वितीय भए ।

विद्यालय प्रशासक भूमिराज अधिकारीले विद्यार्थीमा ज्ञानको क्षेत्र व्यापक बनाउन सहयोग पुग्ने यसप्रकारका क्रियाकलाप सञ्चालन गरिरहेको बताए ।

अतिरिक्त क्रियाकलाप संयोजक विनोदराज आचार्य क्वीज मास्टरको भूमिकामा रहेका थिए । सहायक प्रधानाध्यापक घनश्याम आचार्यको अध्यक्षतामा कार्यक्रम भएको शिक्षक मनोज बरालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width