मतगणना रोक्न माग निवेदनबारे भएन सुनुवाइ

आदर्श समाज सम्वाददाता
जेठ ३२, २०८१
high court pokhara

पोखरा । व्यास नगरपालिकाको मेयर पदको पुन मतगणना रोक्न माग गर्दै उच्च अदालत पोखरामा परेको निवेदन सम्बन्धमा बिहीबार सुनुवाइ हुन सकेन । अदालतका उपरजिस्ट्रार विश्वनाथ अर्यालका अनुसार अघिल्लो दिन ढिलो गरी निवेदन आएको र प्रक्रियामा रहेकोले बिहीबार पेसी चढ्न नसकेको हो ।

गत १ जेठमा अदालतका कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई र न्यायाधीश निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले व्यास नगरपालिकाको मेयर पदको दोहो¥याएर मतगणना गर्ने फैसला सुनाएको थियो । उक्त फैसलाबमोजिम असार २ मा मतगणना सुरु गर्नुपर्छ ।

फैसलापछि मेयर वैकुण्ठनाथ न्यौपाने मतगणना रोक्न माग गर्दै सर्वोच्च पुगेका थिए । दिनहुँजसो हेर्न नभ्याइने सूची चढेपछि उनी उच्च फर्किएका हुन् । सर्वोच्चले पछिल्लो ३ दिन लगातार हेर्न नभ्याइएको मुद्दाको पेसी आगामी २ असार (मतगणनाकै दिन) तोकेको छ । न्यौपानेले फैसलाको जानकारी ढिलो गरी ११ जेठमा मात्र थाहा पाएको जिकिर गरेका छन् । फैसलाको प्रमाणीकरण ९ जेठमा भएको हो ।

पराजित हुने डरले विपक्षी अत्यालिएको मेयरका प्रत्यासी दीपकराज जोशीले आरोप लगाए । उच्चले अन्तरिम आदेश नदिए २ असारमा गणना सुरु हुनेछ । बिहीबार पेसी नचढ्दा यसको सम्भावना पनि बलियो बन्दै गएको छ ।

निर्वाचनमा न्यौपानेले १२ हजार ७८ मत पाएर विजयी भएका थिए । एमालेसँग तालमेल गरेका जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए । २ सय ५२ मत अन्तरले पराजित भएका जोशी फेरि मतगणना भए आफू जित्ने दाबी गर्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग