एथलेटिक्समा ४ स्वर्णसहित गण्डकी टिम च्याम्पियन

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०८१
aaaa

पोखरा, ३१ जेठ । पोखरामा भएको यु १५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० मा एथलेटिक्सतर्फ गण्डकी प्रदेश टिम च्याम्पियन भएको छ । एथलेटिक्सतर्फ गण्डकी प्रदेश ४ स्वर्ण, ३ रजत र २ कास्य पदकसहित टिम च्याम्पियन भएको हो । गण्डकी टिम च्याम्पियन बन्न अनुष्काले दुई स्वर्ण पदक दिलाइन् । उनले छात्रा २ सय मिटर र ४ सय मिटर रिलेमा स्वर्ण हासिल गरिन् ।

गण्डकीले समग्रमा ४ स्वर्ण, ३ रजत र २ कास्य पदक हासिल ग¥यो । लुम्बिीनी प्रदेशले ३ स्वर्ण हासिल गर्दै दोस्रो स्थान हासिल गर्‍यो । लुम्बिनीले २ रजत र ६ कास्य हासल ग¥यो ।

समान ३ स्वर्ण हासिल गरेको कर्णाली कुल पदकको हिसाबमा पछि पर्दै तेस्रो स्थान हासिल गर्‍यो । कर्णालीले ३ स्वर्णसहित २ रजत र १ कास्य पदक हासिल गरेको हो । मधेश प्रदेश र कोशी प्रदेश र सुदुरपश्चिम प्रदेशले भने सम्रगमा चौथो स्थान हासिल गर्‍यो । तीनै प्रदेशले समान १ स्वर्ण, २ रजत र १ कास्य पदक हासिल ग¥यो । बागमती प्रदेश भने १ स्वर्ण १ रजत र २ कास्यसहित अन्तिममा रह्यो ।

बिहिबार भएको २ सय मिटर छात्र दौडमा गण्डकीका सुशान्त बोटेले २४.३३ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण हासिल गरे । लुम्बिनीका अभय रानाले २४.८० सेकेन्ड तथा तथा बागमतीका अजित ठाकुरले २५.१६ सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः रजत र कास्य हासिल गरे ।

छात्रातर्फ पनि गण्डकीकी अनुष्का अधिकारीले २७.६२ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जित्दा सुदुरपश्चिमकी रितु जोशीले २८.५४ सेकेन्ड र लुम्बिनीकी जमुना लोधले २९.४७ सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः रजत र कास्य हासिल गरे ।

८ सय मिटर छात्र तर्फ बागमतीका सुनिल विकले २ मिनेट ९ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जिते । कर्णालीका अनिल शाहीले २ मिनेट ११ सेकेन्डमा दुरी पुरा गर्दै रजत तथा लुम्बिनीका विशाल थारुले २ मिनेट १४ सेकेन्डमा दुरी पुरा गर्दै कास्य पदक हासिल गरे । छात्रातर्फ २ मिनेट ३६ सेकेन्डमा दुरी पुरा गर्दै कर्णालीकी पुर्णिमा बुढाले स्वर्ण जितिन् । गण्डकीकी कञ्चन भण्डारीले २ मिनेट ४७ सेकेन्ड र मधेशकी आशा शाहले २ मिनेट ५० सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः रजत र कास्य जितिन् ।

सटपुट छात्रतर्फ कोशीका छिरिङ शेर्पाले १०.५७ मिटर थ्रो गर्दै स्वर्ण जिते । गण्डकीका गणेश श्रेष्ठले ९.४० मिटर तथा लुम्बिनीका पारश बहादुर शाहीले ९.३६ मिटर थ्रो गर्दै क्रमशः रजत र कास्य पदक हासिल गरे ।

छात्रातर्फ लुम्बिनीकी सम्झना थारुले ८.३७ मिटर थ्रो गर्दै स्वर्ण जितिन् । कर्णालीकी उर्मिला राजीले ७.७३ मिटर र गण्डकीकी युना सारु मगरले ७.६० मिटर थ्रो गर्दै क्रमशः रजत र कास्य पदक हासिल गरे ।

छात्रा तर्फ गण्डकीले स्वर्ण पदक हासिल गर्‍यो । गण्डकीको सुजता कुमाल, आरती विक, एन्जल विक र अनुष्का अधिकारी टोलीले कुल ५६.५९ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण हासिल गरेको हो ।

कोशी प्रदेशका सुस्मा निरौला, सिर्जना विश्वकर्मा, विनिशा रिजाल र निकिता एक्तेन लिम्बुको जोडीले ५७.११ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक हासिल गर्‍यो । कर्णालीका रिना राना, उर्मिला राजी, हिरा बुढा र सरिता शाही ५७.८८ सेकेन्डमा दुरी पुरा गर्दै कास्य हासिल गरे ।

छात्रतर्फ लुम्बिनीका सुभम बमरेल, अभय राना, सुशान्त थारु र श्लोक हरिजनको टोलीले ४६.३२ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण पदक दिलाए । गण्डकीका इस्पीन पौडेल, अभिषेक धनेत, अंकित रानाभाट र सुशान बोटेको टोलीले ४७.२३ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक दिलाए । सुदुरपश्चिमका चित्र बहादुर केसी, बरुण दत्त राना, अभिषेक लुहार र खगेन्द्र रावतको टोलीले ४७.५५ सेकेन्डमा दुरी पुरा गर्दै कास्य पदक दिलाए ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग