रग्बीमा कर्णाली प्रदेशलाई दोहोरो स्वर्ण

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०८१
rugby

पोखरा । गण्डकी प्रदेशको पोखरामा भएको यूू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीमा रग्बीमा कर्णाली प्रदेशले दोहोरो स्वर्ण जितेको छ । पोखरा रंगशालामा बिहीबार भएको फाइनल खेलमा छात्र र छात्रा दुवैतर्फ कर्णाली ले दोहोरो स्वर्ण जितेको हो ।

छात्रतर्फ फाइनलमा कर्णालीले कोशी प्रदेशलाई पराजित गर्‍यो । कर्णालीले कोशीलाई १–० स्कोरले पराजित गरेको हो । मधेश प्रदेशले बागमती प्रदेशलाई पराजित गर्दै छात्रतर्फ तेस्रो बन्यो । मधेशले बागमतीलाई ५–० स्कोरले पराजित गरेको हो ।

छात्रातर्फ कर्णालीले बागमती प्रदेशलाई पराजित गर्दै च्याम्पियन बन्यो । निर्धारित समयमा दुवै टिमबाट स्कोर हुन नसकेपछि फल प्ले, कार्ड, पेनाल्टी र अघिल्ला खेलको नतिजाका आधारमा कर्णाली च्याम्पियन बनेको हो ।

यस्तै सुदूरपश्चिमले मधेश प्रदेशलाई पराजित गर्दै तेस्रो बन्यो । यो खेलमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि फल प्ले, कार्ड, पेनाल्टी र अघिल्ला खेलको नतिजाका आधारमा नतिजा तय गरिएको थियो ।

प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई राखेपका सदस्य सचिव टंकलाल घिसिङ। प्रदेश खेलकुदका सदस्य सचिव श्रीधर शर्मा, राखेपका सदस्य राजेश कुमार गुरुङ, प्रतियोगिताका संयोजक एवं राखेपका सदस्य अन्जन धमलालगायतले ट्रफी, मेडल, नगद तथा प्रमाणपत्र वितरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग