यु–१५ विद्यालयस्तरीय खेलकुद: बुद्धिचालमा लुम्बिनी र बागमतीलाई स्वर्ण

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०८१
Chess

पोखरा  यु–१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको बुद्धिचाल अन्तर्गत खुलामा लुम्बिनी तथा छात्रातर्फ बागमतीले स्वर्ण पदक जितेको छ ।

यता लुम्बिनी प्रदेशले सात चरणको खेलमा सतप्रतिशत जित सहित १४ अंक जोड्दै स्वर्ण पदक हात पारेको हो । बागमती ११ अंक सहित रजत पदक तथा सुदूर पश्चिम ९ अंक सहित कास्य पदक ल्याउन सफल भएको छ ।

यसै गरी छात्रा तर्फ बागमतीले सत प्रतिशत जीतसहित स्र्वण पदक ल्याउन सफल भएको छ । बागमतीको जीतमा रिया श्रेष्ठको प्रेरणादायी प्रदर्शन सफल रह्यो । यसै महिना सम्पन्न नवौँ राष्ट्रिय महिला च्याम्पियनसिपमा पाँचौँ स्थान हात पारेकी रियाले यस प्रतियोगितामा सत प्रतिशत स्कोर गरेकी हुन् ।

लुम्बिनीले चौथो चरणमा बागमतीसँग १–३ ले पराजित हुनु बाहेक अन्य खेलमा हार सहन परेको थिएन । बागमतीको टोलीमा रियाको अलावा राष्ट्रिय च्याम्पियनसिपको अनुभव बटुली सकेकी श्रीसा दुवाल पनि समावेश थिइन् । अन्य खेलाडीमा एन्जल महर्जन र प्रकृति राई थिए ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग