नदी तथा खानीजन्य पदार्थ उत्खनन् बन्द

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०८१
Nadi janya news

पोखरा । कास्कीमा नदीजन्य र खानीजन्य पदार्थको उत्खनन् ३ महिनाका लागि बन्द गरिने भएको छ । ढुंगा, गिट्टी, बालुवा तथा नदी तथा खानीजन्य पदार्थको अनुगमन समिति कास्कीको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो ।

ढुंगा, गिट्टी, बालुवा तथा नदी तथा खानीजन्य पदार्थको सञ्चालन मापदण्ड, २०७७ अनुसार असारदेखि भदौसम्म नदी तथा खानीजन्य पदार्थको उत्खनन् गर्न नपाइने व्यवस्था अनुसार सो निर्णय गरिएको अनुगमन समिति संयोजक एवं जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले बताए । पौडेलले विकास निर्माणका काममा बाधा नपुग्ने गरी विद्यमान कानुन र मापदण्डको पालना गर्नुको विकल्प नरहेको भन्दै कडाइका साथ निर्णय कार्यान्वयन गर्न सरोकारवाला सरकारी निकाय र स्थानीय तहलाई आग्रह गरे ।

अवैधरूपले सञ्चालित क्रसर उद्योगका कारण वातावरणीय र पर्यावरणीय संरचनामा प्रतिकूल असर पारेको गुनासो अत्याधिक बढेको कारण त्यस्ता उद्योगसमेत तत्काल बन्द गर्न पौडेलले आग्रह गरे । उनले सबै पालिकामार्फत उद्योगले जेठ मसान्तभित्र स्रोत खुलाएर स्टक प्रमाणीकरण गरेका सामग्री सो अवधिमा बिक्रीवितरण र उपभोगमा कुनै बाधा नपर्ने बताए ।

बैठकमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, जिसस उपप्रमुख सरिता माल, माछापुच्छ«े गाउँपालिकाका प्रमुख मीनबहादुर गुरुङ, मादीका अध्यक्ष देवीजंग गुरुङ, रूपा अध्यक्ष नवराज ओझा, प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समिति सहसंयोजक भरतमणि पाण्डे, कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापा, सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख एसपी अरूण शर्मा लगायतले बोलेका थिए ।

यस्तै, क्रसर व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष लीलाधर बराल, विभिन्न पालिकाका प्रमुख कार्यकारी अधिकृत, अनुगमन समिति सदस्यसहित सरोकारवाला निकायका व्यक्तिले ढुंगा, गिट्टी, बालुवा तथा नदी तथा खानीजन्य पदार्थ उत्खनन्, ओसारपसार र बिक्रीवितरण र उपभोगमा देखिएका समस्या, चुनौती र निराकरणबारे बोलेका थिए । अनुगमन समिति संयोजक एवं जिसस प्रमुख पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग