यु–१५ विद्यालय खेलकुदमा बागमती प्रदेश च्याम्पियन

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०८१
Final NEWS U-15

पोखरा । यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ । बागमतीले ११ स्वर्ण, ६ रजत र ७ कास्य पदक जित्दै च्याम्पियन बनेको हो । पदकका आधारमा लुम्बिनी दोस्रो र गण्डकी तेस्रो बने । लुम्बिनीले ६ स्वर्ण, ३ रजत र १० कास्य जित्दा गण्डकीले ५ स्वर्ण, ८ रजत र ७ कास्य जितेको हो ।

कर्णालीले ५ स्वर्ण, २ रजत र २ कास्य जितेको छ । कोशीले १ स्वर्ण, ७ रजत, ८ कास्य, सुदूरपश्चिमले १ स्वर्ण, २ रजत र ५ कास्य र मधेश प्रदेशले १ स्वर्ण, २ रजत र १ कास्य हात पारेको छ ।

एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल खेलमा ७ प्रदेशका छात्रछात्राले भाग लिएका थिए ।

पोखरामा २ दिनसम्म चलेको प्रतियोगितामा सात वटै प्रदेशबाट ९० जना (खेलाडी, प्रशिक्षक र म्यानेजरसहित) का दरले कुल ६ सय ३० जनाको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width