मदरल्याण्डका ४ विद्यार्थी युवा नेतृत्व कार्यक्रमका लागि अमेरिकातर्फ

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०८१
motherland 2

पोखरा । मदरल्याण्ड मावि, पोखराका ४ जना विद्यार्थी युवा नेतृत्व कार्यक्रममा भाग अमेरिका प्रस्थान गरेका छन् । उनीहरु अमेरिकी दूतावासले सञ्चालन गरेको प्रतिस्पर्धामा उत्कृष्ट भई वासिङ्टन डिसी र क्यान्सस सहरमा हुने युवा नेतृत्व कार्यक्रममा भाग लिने मौका पाएका हुन् ।

कक्षा १० की कृपा बराल र एल्भिना बराल, कक्षा ११ व्यवस्थापन संकायमा अध्ययनरत् सुविज्ञा नेपाल र विज्ञान संकायका रविना पौडेललाई विद्यालयमा बिहीबार आयोजित समारोहमा शुभकामनासहित बिदाइ गरियो ।

समारोहमा गण्डकी प्रदेश प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले उनीहरुलाई अबिर र माला लगाएर बिदाइ गर्दै अमेरिकामा सिकेका कुरा विद्यालयमा आएर बाँड्दा अझ फलदायी हुने बताइन् ।

विद्यालयका प्लस टु को–अर्डिनेटर नारायण आचार्यले विद्यार्थीले २१ दिनसम्म अमेरिकामा रहेर अन्य देशका युवासँगै युवा नेतृत्व कार्यक्रममा सहभागिता जनाउने बताए । उनीहरुले अमेरिकन सरकारको व्यवस्थापनमा देशकै प्रतिनिधित्व गरेका हुन् ।

प्रिन्सिपल नारायण बरालले विद्यालय सधैंभर विद्यार्थीको चौतर्फी विकासमा लागेको बताए । उनले विद्यार्थीको सबै कुरामा विकासका लागि पढाइसँगै खेलकुद, हाजिरीजवाफ, अतिरिक्त क्रियाकलाप गराउँदै आएको र विभिन्न देशमा छात्रवृत्ति अवसर अवसरसमेत प्राप्त गरेको बताए । कार्यक्रममा विद्यालयका प्लस टु कोडिनेटर नारायण आचार्य, अजय कुँवर लगायतले शुभकामना दिए ।

मदरल्याण्डबाट उत्तीर्ण विद्यार्थीमध्ये २० जनाले २ वर्षयता विभिन्न देशमा पूर्ण छात्रवृत्तिमा पढ्ने मौका पाएका छन् । गत वर्ष ८ जना र त्यसअघि १२ जनाले यस्तो अवसर पाएको विद्यालयका प्लस टु को–अर्डिनेटर आचार्यले बताए ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग