मुख्यमन्त्री र विपक्षी दलका नेताबिनै नीति तथा कार्यक्रमको छलफल

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०८१
parle – 2081-02-11

पोखरा । गण्डकी प्रदेश सभामा आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र विपक्षी दलका नेता खगराज अधिकारी बीचैमा हिँडेका छन् ।

विपक्षी दलका नेता खगराज अधिकारीले छलफलको सुरुमै बोलेका थिए । आधा घन्टाभन्दा बढी समय बोलेर आफ्नो सिटमा बसेका उनी केहीबेर बसेर बाहिरिए । उनीभन्दा अगाडि मुख्यमन्त्री बाहिरिएका थिए । सामान्यतया नीति तथा कार्यक्रमको छलफल भइरहँदा मुख्यमन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ ।

सदनमा अहिले २ जना मन्त्रीमात्रै छन् । बैठकमा सामाजिक विकास मन्त्री बिन्दुकुमार थापा र ऊर्जा मन्त्री फणिन्द्र देवकोटा छन् । भौतिक मन्त्री राजीव गुरुङ र अर्थमन्त्री टकराज गुरुङ बैठकको सुरुमै निस्केका थिए ।

नीति तथा कार्यक्रममाथिको बैठक भोलिसम्म चल्नेछ । असार १ गते बजेट ल्याउनै पर्ने कानुनी वाध्यता छ ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग