‘नीति तथा कार्यक्रममा सञ्चार नसमेटिनु गम्भीर गल्ती’

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०८१
khagaraj

पोखरा । गण्डकी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल एमालेका नेता खगराज अधिकारीले सरकारको नीति तथा कार्यक्रममा आमसञ्चार क्षेत्रलाई नसमेटिएको भन्दै यसका बारेमा सरकारले माफी माग्नुपर्ने बताएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले जेठ २९ संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बिहीबार सुरु भएको छलफलका क्रममा अधिकारीले मुख्यमन्त्रीले नै सम्हालेको सञ्चार मन्त्रालयको प्रसंग छुट्नु गम्भीर गल्ती भएको बताए । उनले भने, ‘मिडिया क्षेत्रलाई नसमेटिएको विषयलाई विपक्षी दलले सामान्य रुपमा लिएको छैन, यो गम्भीर गल्ती हो ।’

१ सय ९१ बुँदा रहेको नीति तथा कार्यक्रममा सरकारले सञ्चार क्षेत्रलाई समेटेको छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width