व्यास नगर मतगणना विवाद: सर्वोच्चमा हेर्न नभ्याइने, वैकुण्ठले उच्चमै दिए रिट

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०८१
Vyas_Municipality

पोखरा । व्यास नगरपालिकाका मेयर वैकुण्ठनाथ न्यौपानेले मेयर पदको पुनः मतगणना रोक्न माग गर्दै रिट निवेदन दिएका छन् । आगामी असार २ मा पुनः मतगणना गर्ने उच्चको फैसलाविरुद्ध सर्वोच्च पुगेका उनी दिनहुँजसो हेर्न नभ्याइने सूची चढेपछि उच्चमै फर्किएका हुन् । सर्वोच्चले पछिल्लो ३ दिन लगातार हेर्न नभ्याइएको मुद्दाको पेसी आगामी असार २ का लागि तोकेको छ ।

गत जेठ १ मा उच्च अदालतका कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई र न्यायाधीश निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले दोहो¥याएर मतगणना गर्ने फैसला सुनाएको थियो । उक्त फैसलाबमोजिम असार २ मा मतगणना सुरु गर्नुपर्छ । तर न्यौपानेले फैसलाको जानकारी ढिलो गरी जेठ ११ गते थाहा पाएको जिकिर गरेका छन् । जेठ १ गतेको फैसला ९ गते प्रमाणीकरण भएको हो ।

‘फैसलाको नक्कल सारी थाहा जानकारी पाएको मितिले ३० दिने म्यादै भित्र उच्च अदालत, पोखराबाट भएको फैसलाउपर मेरो चित्त नबुझेकोले सर्वोच्च अदालतमा जेठ २४ मा पुनरावेदन पत्र दर्ता गरी आएको र प्रस्तुत पुनरावेदन पत्रको अन्तिम टुंगो नलागेसम्म उच्च अदालत पोखराबाट जेठ १ मा भएको फैसला कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दछु,’ उनले दायर गरेको रिटमा भनिएको छ । मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २३१ (ख) मा कानुनबमोजिम पुनरावेदन लाग्न सक्ने मुद्दामा पुनरावेदन परेको भए पुनरावेदन रोहवाट मुद्दाको अन्तिम किनारा नभएसम्म फैसला कार्यन्वयन स्थगित हुने कानुनी व्यवस्था रहेको उनले सुनाए । यस्तै, ‘उच्च अदालतबाट पुनः मतगणना गर्ने भनी गरिएको आदेश फैसला कार्यान्वयन भएमा कानुनको गम्भीर त्रुटी हुन जाने हुँदा सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको अन्तिम किनारा नलाग्दासम्म मतगणनाको कार्य स्थगित गराइ पाउँ,’ निवेदनमा छ ।

मेयरका प्रत्यासी दीपकराज जोशीले पराजित हुने डरले अत्तालिएको आरोप लगाए । ‘निर्वाचित हुने मान्छे हार्छु भन्ने डर नभए उच्चको फैसलाविरुद्ध उच्चमै रिट हाल्छ ?,’ उनले भने, ‘यो पराजित मानसिकता हो ।’ उच्चले अन्तरिम आदेश नदिए २ असारदेखि गणना सुरु हुन्छ । २०७९ सालको निर्वाचनमा न्यौपानेले १२ हजार ७८ मत पाएका थिए भने एमालेसँग तालमेल गरेका जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए । २ सय ५२ मत अन्तरले पराजित भएका जोशी पुनः गणना भए आफैँले जित्ने दाबी गर्छन् ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग