विपद् व्यवस्थापन तथा प्रतिकार्य तालिम

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०८१
bipad

पोखरा । नेपाल रेडक्रस सोसाइटी उपशाखा–१ बगरको आयेजनामा विपद् स्वयंसेवकका लागि विपद् व्यवस्थापन, पूर्व तयारी तथा प्रतिकार्य तालिम सम्पन्न भएको छ ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १, बगर सहकार्य तथा पोखरा महानगरपालिका १, को सहयोगमा भएको दुर्ई दिने विपद् व्यवस्थापन तालिममा ४४ जना सहभागी थिए ।

कार्यक्रममा पोखरा १ का वडाध्यक्ष साहारा प्रधानले वर्षासँगै प्राकृति प्रकोपको जोखिम हुने भएकाले पूर्व सतर्कता अपाउन तालिम फलदायी हुने बताए ।

तालिममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका प्रमुख प्रशिक्षक नवराज भण्डारी र सुनिता पौडेलले विपद् परिभाषा, विपद्सम्बन्धी शब्दावली, विपद् चक्र र पूर्व तयरी, विपद्सम्बन्धी राज्यको नीतिगत व्यवस्था, नेपालमा आइपर्ने भूकम्प, आगलागी, सडक दुर्घटना, बाढी पहिरो र महामारी लगायत विषयमा प्रशिक्षण दिएका थिए ।

नेपाल रेडक्रस सोसाइटी पोखरा–१ उपशाखा कास्कीका सभापति जीवन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भीमकाली मार्ग साझेदारी टोल विकास संस्थाकी उमा शाही, शान्ति टोल विकास संस्थाका निवर्तमान अध्यक्ष विजय शाही सल्लाहकार रामभूषण पराजुली, राष्ट्रिय माविका प्रधानाध्यापक ईश्वरी सापकोटा, सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणा, वडा प्रहरी कार्यालय बगर प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपसभापति उर्मिला खड्का, उप सचिव कल्पना आचार्यले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • वामपन्थी ज्येष्ठ नागरिक भेला हुँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरामा ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम’ हुने भएको छ । पहिलोपल्ट आयोजित उक्त कार्यक्रम यही ९–१० कात्तिकमा हुने…
  • पोखरामा रगत अभाव

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । चाडपर्वको समय र बढ्दो डेंगुका कारण पोखरामा रगत अभाव भएको छ । रक्त संचार केन्द्र आह्वानमा पोखरामा रगतको…
  • पाेखरामा रास्वपाको मंगलबार पनि विरोध प्रदर्शन (फोटो फिचर)

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । रास्वपाले पोखरामा मंगलबार पनि विरोध प्रदर्शन जारी राखेको छ । पार्टी अध्यक्ष एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि…
  • युनिलिभरको ५० लाख सहयोग

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी) कम्पनीहरूमध्ये एक युनिलिभर कम्पनीले बाढीपहिरो पीडितलाई सहयोग गरेको छ ।…
  • पोखरामा रास्वपाको निरन्तर विरोध प्रदर्शन

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा विरोध प्रदर्शन गरेको…

hero news full width

trending post

ट्रेन्डिङ्ग