पानद्वारा विन्ध्यवासिनी मावि सम्मानित

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०८१
Pan

पोखरा । प्रिन्सिपल एसोसिएसन अफ नेपालले सातै प्रदेशबाट छनोट विद्यालय तथा प्रधानाध्यापकलाई सम्मानसहित पुरस्कृत गरेको छ ।

सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकहरूको साझा संस्था (पान) ले प्रथम अधिवेशन अवसरमा काठमाडौंमा विशेष कार्यक्रमबीच सर्वोत्कृष्ट विद्यालय र प्रधानाध्यापकलाई सम्मान गरेको हो ।

संस्थाले गण्डकी प्रदेशबाट उत्कृष्ट विद्यालयमा विन्ध्यवासिनी मावि पोखरा, उत्कृष्ट प्रअमा प्रकाश मावि बेनीका लेखबहादुर हमाल र उत्कृष्ट पालिकाको रूपमा नवलपुरको मध्यविन्दु नगरपालिका छनोट हुँदै सम्मानित भए । उनीहरूसहित सात वटै प्रदेशमा सर्वोत्कृष्ट भएकालाई प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना, एमाले नेता प्रदीप ज्ञवाली, कांग्रेसका नेता बद्री पाण्डे, माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले सम्मान गरेका हुन् ।

गतवर्ष मात्र सामुदायिक विद्यालयतर्फ देशकै सर्वोत्कृष्ट पहिलो बनेको विन्ध्यवासिनी लगातार उत्कृष्ट बन्दै रेकर्ड नै राख्न सफल भएको छ । प्रअ कृष्णप्रसाद आचार्यले सम्मानले थप जिम्मेवार बनाएको बताउँदै थप शैक्षिक गुणस्तर वृद्धिका लागि आफूहरु लागिपरेको जनाए । सबैको केन्द्र बनेको विन्ध्यवासिनी अवलोनका लागि हालसम्म करिब ५ सय बढी विद्यालयबाट अवलोकन तथा अध्ययनका लागि टिम आएको विद्यालयका अप्रेसन म्यानेजर नवीन अधिकारीले बताए ।

कार्यक्रम पान अध्यक्ष सुदनप्रसाद गौतमको अध्यक्षतामा भएको हो ।

Related News

सम्बन्धित समाचार

  • अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । त्रिभुवन विश्वविद्यालयका आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै संकायको स्नातक तहका प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा सोधिने…
  • माछापुच्छ्रे क्याम्पसको २०औं साधारणसभा

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीस्थित माछापुच्छ्रे क्याम्पसको २० औं साधारणसभा शनिबार भएको छ । साधारणसभा उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष…
  • नेलम्बोको साढे १० लाख बराबर छात्रवृत्ति

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । नेलम्बो नेपालले चालु आवमा शैक्षिक कार्यक्रमअन्तर्गत शनिबार छात्रवृत्ति वितरण गरेको छ । संस्थाले विद्यालयदेखि स्नातक तहसम्म अध्ययन गर्ने…
  • सामुदायिक र निजी विद्यालयमा खै समान अधिकार ?

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सामुदायिक र निजी विद्यालयको अधिकार समान हुनुपर्नेमा जोड दिएका छन् । नेशल प्याव्सन…
  • शीतला माध्यमिक विद्यालय फेदीखोलाको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता असाेज २०, २०८१
    पोखरा । स्याङ्जाको फेदीखोलास्थित शीतला माध्यमिक विद्यालयले शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विजयादशमी, दीपावली, नेपाल संवत्, छठ…

hero news full width

trending post

ट्रेन्डिङ्ग