‘नीति तथा कार्यक्रम गन्थनको पोको’

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०८१
niti tatha karyakram

पोखरा । गण्डकी प्रदेश सरकारले ढिलो गरी नीति तथा कार्यक्रम संसदमा ‘टेबुल’ गरेको छ । मंगलबार मात्र प्रदेश प्रमुख डिल्लीराज भट्टले १९१ बुँदामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति कार्यक्रमका अधिकांश बुँदा दोहोरिएका छन् । केही मात्रै नयाँ कार्यक्रमसहित ल्याइएको उक्त प्रस्तावमा बिहीबारदेखि छलफल हुनेछ । सरकार ढिलो गठन भएको र विश्वासको मतको समस्याले नीति तथा कार्यक्रम पनि ढिलो गरी आएको हो । सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिएका थिए ।

संसदमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा मिश्रित प्रतिक्रिया छन् । प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी अहिलेको नीति तथा कार्यक्रमलाई ‘गन्थनको पोको’ रुपमा तर्क गर्छन् । ‘कुनै गन्तव्य र दिशा नभएको, उत्साह नभएको गन्थनको पोको हो । यो बाहेक केही देखिनँ मैले,’ उनले भने, ‘प्रदेशको औचित्यमाथि जुन प्रश्न खडा भएका छन्, त्यसको जवाफ सहित आउनुपथ्र्यो । त्यसमा कुनै साइनो छैन ।’

उनले आफ्नो सरकारले यसअघि तयार गरेको ड्राफ्ट पूरै हटाइएको गुनासो गरे । मुख्यमन्त्री पाण्डे जेठ १६ गते मात्रै नियुक्त भएका हुन् । यसअघि तत्कालीन मुख्यमन्त्री खगराज अधिकारी सरकारले नीति तथा कार्यक्रमको तयारी गरेको थियो ।

‘त्यो तयारी गरेकोसँग यसको सरोकार र नाता सम्बन्ध नै छैन,’ अधिकारीले भने, ‘कर्मचारी साथीहरुले कार्यालयमा जे तयार पारे, त्यसमा अलिकति नयाँ ल्याउनुहोला भनेको त्यो पनि छैन ।’ अधिकारीले नीति तथा कार्यक्रममा आयस्रोत बढाउने योजना नरहेको टिप्पणी गरे ।

‘अहिले समुन्नत प्रदेश भन्नुहुन्छ । आयस्रोत कसरी बढाउने र विकास आयोजनालाई कसरी अगाडि बढाउने भन्ने कुरा उल्लेख छैन,’ उनले थपे, ‘सुशासनको सन्दर्भमा डिजिटलका कुरा गरेर उम्किन खोजेको छ ।’

प्रदेश प्रमुख डिल्लीराज भट्टले १९१ बुँदामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए

माओवादी प्रमुख सचेतक कुसुम बुढालाई चाहिँ नीति तथा कार्यक्रम नराम्रो लागेको छैन । उनले घोषित कार्यक्रम राम्रा भए पनि कार्यान्वयनमा चुनौती हुने बताइन् । अधिकांश नीति र कार्यक्रम पुरानै भएको उनको टिप्पणी छ । ‘समग्रमा प्रस्तुत नीति कार्यक्रममा निरन्तरता बढी छ, केही कुरा थपिएको पनि छ,’ उनी भन्छिन्, ‘गत वर्ष पनि कृषि प्राथमिकतामा थियो । पर्यटन, पूर्वाधार, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रलाई अघि बढाइएको थियो । अहिले पनि राम्रै छ । तर कार्यान्वयनमा समस्या देख्छु ।’

बुढाले युवा प्रोत्साहन कार्यक्रम, सिक्दै पढाउँदै लगायत कार्यक्रम राम्रो भएको बताइन् । ‘यी कार्यक्रम गत वर्ष नै आयो, कार्यान्वयनमा आएन । सिक्दै पढाउँदै कार्यक्रम कहाँ गएर लागु गर्ने हो ? कसरी कमाउने हो ? प्रस्ट हुनुप¥यो नि,’ उनले भनिन्, ‘यो नीति कार्यक्रम बढी महत्वकांक्षी छ । बजेटले सम्बोधन हुनेमा शंका छ ।’ अघिल्ला वर्षहरुमा बजेटका सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम र बजेट आपसमा तालमेल नहुने अवस्था रहेकोमा अहिले पनि त्यही दोहोरिन सक्ने उनको चिन्ता छ ।

‘बजेटमा नीति तथा कार्यक्रम देखिनुप¥यो । सिद्धान्त र प्राथमिकता एकातिर थियो । नीति तथा कार्यक्रम अलि फरक भयो । अब बजेट के हुने हो,’ उनी भन्छिन्, ‘एक निर्वाचन क्षेत्र, एक स्मार्ट कृषि फर्म राम्रो छ । उत्पादन भएको वस्तु सरकारले खरिद गर्ने ग्यारेन्टी पनि गर्नुपर्छ । प्रदेश सरकार नजिकको सरकार हो ।’ प्रदेश संरचनाप्रति अफवाह फैलाइएको भन्दै उनले प्रभावकारी बनाउन सबैले भूमिका खेल्नुपर्ने बताइन् ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग