श्रमिक शिक्षा विषयक सचेतना

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०८१
news PCCI (1)

पोखरा । विश्व बालश्रमविरुद्धको दिवस (१२ जुन) अवसरमा बुधबार श्रमिक शिक्षा विषयक सचेतना कार्यक्रम भयो ।

‘बालश्रम अन्त्यको लागि सँगसँगै प्रतिवद्धता’ भन्ने नाराका साथ पोखरा उद्योग वाणिज्य संघ, श्रम तथा रोजगार कार्यालयको संयुक्त आयोजना, राष्ट्रिय बालअधिकार परिषद, बालअधिकारका लागि नागरिक समाजसँगको समन्वय र किडासाको सहयोगमा सो कार्यक्रम आयोजना भएको हो ।

सचेतना कार्यक्रम बढी मात्रामा श्रमिक बालबालिका प्रयोग हुने व्यवसायका रोजगारदाता, श्रमिक बालबालिका तथा सरोकारवाला निकाय लक्षित थियो । पोखरा उद्योग वाणिज्य संघ सामाजिक विकास केन्द्र अध्यक्ष राजेन्द्रकुमार लालचनको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुमालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा श्रम तथा रोजगार कार्यालयका कारखाना निरीक्षक इ. बलराम कुसवाहा र राष्ट्रिय बालअधिकार परिषदका प्रदेश समन्वय अधिकृत बद्री वाग्लेले श्रम कार्यालयबाट गरिने काम तथा श्रम ऐनका विषय र बालश्रम, कानुनी प्रावधान तथा व्यवहारिक पक्षबारे जानकारी गराए ।

खुला सत्रमा पोखरामा बालबालिकाको अबस्था, व्यवहारिक पक्ष तथा कानुनी पक्षमा मेल नखाने तर्क सहभागीले दिएका थिए ।

पोखरा उद्योग वाणिज्य संघका कावा अध्यक्ष गोकर्ण कार्कीको स्वागत रहेको सो कार्यक्रममा शान्तिका लागि नागरिक समाजका अध्यक्ष बिना सिलवाल, श्रम तथा रोजगार कार्यालयका बरिष्ठ श्रम अधिकृत सुरेश ढकाललगायतले बालश्रम अन्त्यका लागि सरोकारवाला सक्रिय रहनुपर्ने मन्तव्य राखे ।

यसैबीच बालअधिकारका लागि नागरिक समाजले बुधबार नै सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापा र श्रम तथा रोजगार कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकाललाई बालश्रम अन्त्यका लागि ध्यानाकर्षण पत्र बुझाएका छन् ।

सोही अवसरमा पोखरा उद्योग वाणिज्य संघ सामाजिक विकास केन्द्रमार्फत पार्दी माविर र श्रीराम आधारभूत विद्यालयमा अध्ययन गर्ने ३ सय जना बालबालिकाहरुलाई बालश्रमका विषयमा सचेतना कार्यक्रम आयोजना गरियो ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग