महिलालाई लछारपछार गरी मोबाइल चोरी अभियोगमा पक्राउ

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०८१
chori

पोखरा। पोखरामा २ महिलालाई लछारपछार गरी मोबाइल चोरी गरेको अभियोगमा २ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा ११, फूलबारीका ३२ वर्षीय सागर नेपाली र २१ वर्षीय सुजित नेपालीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गत २७ जेठ राति करिब पौने ९ बजे पृथ्वीनारायण क्याम्पस पछाडितर्फ खाली चौरमा अपरिचित २ युवकले लछारपछार पारी खुकुरीसमेत प्रहार गरी घाइते बनाएर मोबाइल चोरी भागेका थिए । सोही जाहेरी आधारमा वडा प्रहरी कार्यालय बगरको टोलीले उनीहरुलाई पक्राउ परेको हो ।

जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ८ दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइहरेको प्रहरीले जनायो ।

Related News

सम्बन्धित समाचार

hero news full width