पोखरा यूनाइटेड एकेडेमीको खेलकुद प्रतियोगिता सम्पन्न

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०८१
IMG_1408

पोखरा । पोखरा यूनाइटेड एकेडेमी आयोजनामा विभिन्न खेलकुद प्रतियोगिता २०८१ सम्पन्न भएको छ । छात्रतर्फको फुटबलमा स्टेप वाई स्टेपले जित हासिल गरेको छ ।

मंगलबार फाइनलमा रतुवा फुटबल क्लब, पोखरालाई टाईब्रेकरमा ५—४ अन्तरले पराजित गर्दै उपाधि जितेको हो । विजेताले ११ र उपविजेताले १० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

अन्तरविद्यालयस्तरीय हाजिरीजवाफमा अमरसिंह नमुना मावि प्रथम भयो । न्यू मोडल स्कुल दोस्रो भयो । उनीहरुले क्रमश ४ र २ हजार पाए ।

प्रतियोगिता ४ दिनसम्म संचालन भएको प्रिन्सिपल बयानबहादुर गोदारले बताए । छात्रतर्फको भलिबलमा बागलुङको जुनियर युथ समूह प्रथम भयो । छात्रातर्फको बास्केटबल प्रतियोगितामा मर्दी ए को समूह प्रथम भयो । छात्रतर्फ बास्केटबलमा मनकामना बोर्डिङ स्कुलले उपाधि जितेको विद्यालयका शिक्षक फणिन्द्रराज पौडेलले बताए ।

समापन समारोहका पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदार, फुल कन्ट्याक कराते महासंघ गण्डकी अध्यक्ष लक्ष्मण कुँवर, विद्यालयका अध्यक्ष शिवबहादुर भण्डारी लगायतले पुरस्कार वितरण गरे ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग