नेपाल र श्रीलंकाबीचको खेल वर्षाले रद्द, बाँडे १–१ अंक

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०८१
448215748_10168786081120317_2418230030247902414_n

तस्बिरः मधु नेपाल/अमेरिका

पोखरा । आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । योसँगै दुवै टिम समान एक एक अंक बाँडे ।

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा बुधबार बिहानदेखि निरन्तर वर्षाका कारण मैदान भिजेको थियो । खेल रद्द भएपछि दर्शकले टिकटवापतको रकम फिर्ता पाउने बताइएको छ ।

नेपालको योसँगै २ खेलमा १ अंक भएको छ । ३ खेलमा १ अंक जोडेको श्रीलंका भने प्रतियोगिताबाट बाहिरियो । श्रीलंकाले पहिलो दुई खेलमा क्रमश दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भएको थियो ।

समूह डि मा रहेको अर्को मुलुक दक्षिण अफ्रिका सुपर ८ मा पुगिसकेको छ । उसले ३ खेलमा ६ अंक जोडेको हो ।

उता, बंगलादेश र नेदरल्यान्ड्सको २ खेलमा २–२ अंक छ । नेपाल पहिलो खेलमा नेदरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो ।

नेपाली टोली अब वेस्ट इन्डिज लाग्नेछ । नेपालले क्यारेबियनको सेन्ट भिन्सेन्टमा जुन १४ (३२ जेठ) मा दक्षिण अफ्रिकासँग र जुन १६ (२ असार) मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग