गण्डकीको नीति तथा कार्यक्रम आज

आदर्श समाज सम्वाददाता
जेठ २९, २०८१
parle – 2081-02-11

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम मंगलबार ल्याउँदै छ । अहिले २ मन्त्रीको शपथ लगत्तै बस्ने मन्त्रीपरिषद बैठकले नीति तथा कार्यक्रम पास गरेर प्रदेश प्रमुखकोमा पठाइने छ । दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको नीति तथा कार्यक्रम पेस गर्नेछन् ।

आगामी नीति तथा कार्यक्रम र बजेटले संघीयताको सवलीकरणमा जोड दिने सरकारी दाबी छ । संघ, प्रदेश र स्थानीय तह बीच सहकारिता, सहअस्थित्व र समन्वयमा आधारित सम्वन्धलाई थप प्रभावकारी हुने गरी कार्यक्रम र वित्तीय व्यवस्थापन गरिने छ नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले बताए।

अघिल्लो वर्षदेखि विद्युतीय गाडीमा प्राथमिकता दिएको सरकारले हरित अर्थतन्त्र र जलवायू अनुकलनका कार्यक्रममा जोड दिने, हरित अर्थतन्त्रको विकासका लागि प्राकृतिक स्रोत र सम्पदाको संरक्षण र सम्वद्र्धन गर्ने तथा जलवायु अनुकुलनका कार्यक्रमलाई जोड दिइने भएको छ ।

विकास निर्माणका कार्यक्रम विपद् संवेदनशील हुने र चालु खर्च कम गर्ने र वितरणमुखी कार्यक्रमलाई नियन्त्रण गर्ने नीति सरकारले लिएको छ ।

दोस्रो पञ्चवर्षीय योजनाले प्राथमिकता निर्धारण गरेका क्षेत्रमा स्रोत सुनिश्चितता गरिने उपाध्यक्ष देवकोटालको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width