एमाले माछापुच्छ्रेमा विक्रम

आदर्श समाज सम्वाददाता
जेठ २९, २०८१
yamale machhapuchhre

पोखरा । माछापुच्छ्रे गाउँपालिकाको दोस्रो अधिवेशनबाट विक्रम गुरुङ अध्यक्षतामा दोहोरिएका छन् ।

३ दिनसम्म चलेको अधिवेशनले उपाध्यक्षमा पूर्णबहादुर शाही (नवराज), सचिवमा ऋषि गौतम, उपसचिवद्वय फूलमाया नेपाली र अमित गौतम(माधव) चयन गरेको छ । खुला सदस्यमा रामजी लामिछाने, दिनेश पोखरेल र मीनराज पौडेल, महिला सदस्यमा शान्ति क्षत्री र विन्दु केसी, युवा महिलामा देउमाया तामाङ, संगीता विक, किरण अधिकारी र शुष्मा आचार्य विजयी भए ।

खुला युवातर्फ गिरबहादुर गुरुङ (ठागु), दलबहादुर लामिछाने क्षत्री, डिलबहादुर क्षत्री, लक्ष्मण गौतम, राजेन्द्र आचार्य, यामप्रपाद लामिछाने, हरिश्चन्द्र अधिकारी र केशव अधिकारी निर्विरोध भए ।

आदिवासी जनजाति महिलाबाट भगवती गुरुङ, आदिवासी जनजाति खुलाबाट दिलीपकुमार श्रेष्ठ र जगतबहादुर गुरुङ, दलित खुला धर्मराज सुनार र खम्बासिंह सुनार, दलित महिलाबाट सुनिता परियार, अल्पसंख्यक खुला क्रान्ति खवास निर्वाचित भएको अध्यक्ष मण्डलका सदस्य विष्णुबहादुर केसीले बताए ।

भूगोलअन्तर्गत वडा १ बाट शर्मिला परियार, देवबहादुर मगर र वरबहादुर गुरुङ, वडा २ बाट कपुरमोहन तामाङ, चित्रबहादुर गुरुङ र केशकुमारी गुरुङ, वडा ३ बाट चन्द्राज्यू ठकुरी, रनबहादुर कार्की, क्रान्तिरमण पोखरेल र नारायण घोरासैनी, वडा ४ बाट टेकबहादुर श्रेष्ठ, सरास्वती अधिकारी, प्रेमकुमारी अधिकारी (सरिता) तथा गंगाधर पौडेल सदस्यमा छनोट भए ।

त्यस्तै, वडा ५ बाट हुमलाल लामिछाने, रामबहादुर गुरुङ र भीममाया गिरी, वडा ६ बाट वसन्ती सुवेदी, चूडामणि अधिकारी, टेकनाथ गौतम र लोकराज अधिकारी, वडा ७ बाट यामबहादुर गुरुङ, कृष्ण भण्डारी, केदारनाथ अधिकारी र देवाकुमारी विक, वडा ८ बाट दुर्गाप्रसाद दाहाल, मीना लामिछाने काफ्ले, बोनी गुरुङ तथा वडा ९ बाट भावना क्षत्री, पूर्णबहादुर छन्त्याल र रामबहादुर गुरुङ निविरोध भए ।

पदम नेपालीको अध्यक्षतामा सरस्वती जिसी उपाध्यक्ष, रमेश परियार सचिव तथा धारादेवी क्षत्री र गिरीराज पौडेल सदस्य रहेको लेखा कमिटी पनि निर्विरोध चयन भए ।

यसअघि, अधिवेशन उद्घाटन गर्दै एमाले उपमहासचिव पृथ्वीसुव्बा गुरुङले एमालेलाई गर्विलो पार्टी बनाउन सबै जाग्नुपर्ने बताए । कार्यक्रममा स्थायी कमिटी सदस्य खगराज अधिकारी, पोलिटब्यूरो सदस्य जगत विश्वकर्मा, पालिका इन्जार्च राजीव पहारी लगायतले बोलेका थिए ।

पालिका अध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष केशवराज पोखरेलले स्वागत र सचिव दुर्गाबहादुर क्षत्रीले सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width