पर्यटन उद्यमीसँग शैक्षिक संवाद

आदर्श समाज सम्वाददाता
जेठ २९, २०८१
Janapriya school

पोखरा । पोखरालाई ‘पर्यटनको राजधानी’ घोषणापछि अब के ? भन्ने विषयमा पर्यटन उद्यमीसँग शैक्षिक संवाद भएको छ । जनप्रिय बहुमुखी क्याम्पस आयोजनामा भएको संवादमा क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले प्राकृतिक, सांस्कृतिक र भौलिक रूपले विश्वसामु चिनिएको पोखराले पर्यटकलाई अधिकतम् सेवा दिएर सिटी कर लगाउन सुझाव दिँदै सहरी सरसफाइ, अनुशासन, सडक सुरक्षा र तथ्यांक राख्न पर्यटन व्यवसायीलाई आग्रह गरे ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. श्रीकान्त शर्मा खतिवडाले राजधानी घोषणपछि पोखराको ब्रान्डिङ र प्रमोसनमा सहयोग पुग्ने हुँदा ३ तहका सरकार, नागरिक समाज र उद्यमी व्यवसायीले समन्वयात्मक भूमिका निर्वाह गर्न जोड दिए । उनले दिगो पर्यटनका लागि स्थानीय उत्पादन बढाउने, जनशक्ति मुलुकभित्रै टिकाउने, मुग्लिन, राम्दी र एयरपोर्टमा तथ्यांक संकलन केन्द्र राख्नुपर्ने बताए । पोखरा होटल संघ अध्यक्ष लक्ष्मण सुवेदीले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेर मात्रै उपलब्धि हासिल नहुने तर्क गरे । उनले नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले ठोस योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । सुवेदीले पर्यटन व्यवसायी एक दशकसम्म द्वन्द्वको मारमा, त्यसपछि विनासकारी भूकम्प, नाकाबन्दी, कोभिड–१९ को महामारी र आर्थिक मन्दीजस्ता समस्याले शिथिल भएको जनाए ।

पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने आधारबारे पर्यटनविद् डा. रामजी शर्माले गण्डकी प्रदेश नेचर, कल्चर र एड्भेन्चरमा अगाडि रहेकाले २० सूचकमा सुझाव दिएको बताए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त प्रमुख नवीन पोखरेले पोखरालाई सस्तो गन्तव्य बनाउनु्भन्दा गुणस्तरीय सेवा दिएर खर्च गर्ने पर्यटक आमन्त्रण गरी डाटा सिस्टममा जान पर्यटन व्यवसायीलाई आग्रह गरे । पर्यटन व्यवसायी दोर्जे लामाले राजधानी घोषणासँगै सरसफाइ र सुरक्षित आवागमनसँगै व्यवहारिक अभ्यास गर्न सुझाए ।

विश्वविद्यालय अनुदान आयोग सहयोगमा जनप्रिय बहुमुखी क्याम्पसको स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन र एमविए इन हस्पिटालिटी म्यानेजमेन्टको आयोजनामा पर्यटन उद्यमीसँग शैक्षिक संवाद भएको हो । कार्यक्रमको सहजीकरण दीपेन्द्र पहारीले गरेका थिए ।

निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा दिव्यलक्ष्मी चालिसेले स्वागत मन्तव्य र विष्णु तिमिल्सिनाले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width