डायमन्ड एसइई फुटसल सुरु

आदर्श समाज सम्वाददाता
जेठ २९, २०८१
Diamond see 2081

पोखरा । डायमन्ड मावि आयोजनामा सोमबारदेखि डायमन्ड एसइइ फुटसल प्रतियोगिता सुरु भएको छ ।

एसइईमा सहभागी विद्यार्थीलाई परीक्षा र नतिजाबीचको समयमा सहभागी बनाउने उद्देश्यले फुटसल आयोजना गरिएको हो ।

तालचोकस्थित काइट्स स्पोर्ट्समा २ दिनसम्म हुने प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको विद्यालयका खेलकुद शिक्षक सुभाष तामाङले जनाए । एन्फा कास्कीका नरेन्द्रजंग गुरुङले विद्यालयले आयोजना गरेको फुटसलमार्फत खेलकुदको विकासमा पुग्ने र आगामी दिनमा एन्फा कास्की जिल्ला फुटबल संघको साथ र सहयोग रहने बताए ।

विद्यालय संस्थापक निर्देशक माधवशरण उपाध्यायले कार्यक्रमको सफलताको कामना गरे ।

प्रथमले २५ हजार र दोस्रोले १५ हजार साथमा प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीले १५ सय र प्रवेश परीक्षामा राम्रो गर्ने उत्कृष्ट खेलाडीलाई पनि विद्यालयका तर्फबाट छात्रवृत्ति दिइने जनाइएको छ ।

स्वागत संस्थापक प्रिन्सिपल यमबहादुर रोकाले गरे भने सञ्चालन शिक्षक नारायणप्रसाद वाग्लेले गरे । आइएनजी स्किल एकेडेमी सहकार्यमा कक्षा ११ र १२ का विद्यार्थीलाई स्ट्डी स्मार्ट विथ माई सेकेन्ड टिचर कार्यक्रमको प्रविधि डायमन्ड माविले सो क्षेत्रमै पहिलो पटक प्रयोगमा ल्याएको छ । २०४५ सालमा स्थापना भएको विद्यालयले विद्यार्थीकेन्द्रित शैक्षिक, सांस्कृतिक, एवं खेलकुदका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width