पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा – १० उपशाखाले वडा कार्यालय वडा नं. १० को आर्थिक सहयोग र पोखरा महानगरपालिका कृषि महाशाखाको प्राविधिक सहयोगमा वडास्तरीय ४ दिने कौसी खेती, करेसाबारी खेतीका साथ मल बिउ वितरण गरी सम्पन्न भएको छ ।
पोखरा १० का वडाध्यक्ष राजेश गुरूङको प्रमुख अतिथिमा ब्यानरमा हस्ताक्षर गरी शुभारम्भ गरिएको उक्त तालिमको सफलताको शुभ कामना दिँदै तालिममा सहभागीहरूले आफू र आफ्ना लागि मात्र नभई आआफ्ना छरछिमेकीलाई समेत कौसीखेती गर्न प्रेरित गराउँदै लैजानुपर्ने बताए ।
नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाका स्वयंसेवकद्वारा व्यवस्थित गरिएको तालिममा वडा १० को आर्थिक तथा पोखरा कृषि महाशाखाको प्राविधिक सहयोग रहेको थियो ।
तालिममा कौसीखेती, करेसाबारी खेती तालिम तथा मल, बिउ र जिम्बुका बेर्ना वितरण गरिएको कार्यक्रममा वडाका २ सय जनाको सहभागिता थियो । प्रमुख प्रशिक्षक पोखरा महानगर पालिका कृषि महाशाखाका प्रमुख मनहर कडरिया, कृषि महाशाखाका उमा पुन र कृषि महाशाखाका विष्णु भट्टराईले प्रशिक्षण दिए ।
तालिमका प्रशिक्षार्थी माया गुरुङ भुजेल, लेकमाया पुन, डिएसपी दुर्गाबहादुर कुँवर र तारा सापकोटाले तालिमबाट आफूहरु प्रभावित भएको बताए ।
कार्यक्रममा कम्पोस्ट मल बनाउने ड्रम ५० जनालाई ५० प्रतिशत छुटमा वितरण गरिएको थियो । कार्यक्रममा वडा नं १० का वडा सदस्य नरदेवी गुरुङ, वडा सदस्य परमेश्वरबहादुर कार्की, वडा सदस्य पूर्णचन्द्र न्यौपाने, वडा १० का वडा सचिव दमयन्ती पराजुली, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपसभापति उर्मिला खड्का, नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाका निवर्तमान सभापति सम्मरबहादुर श्रेष्ठ लगायतले बोलेका थिए ।
नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाका सभापति जीवन श्रेष्ठको अध्यक्षतामा भएको तालिम उपशाखाका सचिव विनप्रसाद गुरुङले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
जनप्रियमा विएमटिएम स्पोर्टस् मिट
हाइकर्स क्लबको साधारणसभामा सम्मान
नेपोन गण्डकीमा सत्यराज
पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
नारी स्रष्टा एक ठाउँ
hero news full width
मुख्य समाचार
ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत
पौष २९, २०८१दूतराजको प्रस्तुतिमा झुमे दर्शक
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
पौष २८, २०८१एन प्याब्सन स्थापना दिवस, १४५ शिक्षक–कर्मचारी सम्मानित
पौष २८, २०८१